पर्यटनमन्त्रीको गृहजिल्लामा नयाँ जहाजको उडान परीक्षण

मङ्गलबार, २१ साउन २०७६, १० : १६ खगेन्द्र अधिकारी

ताप्लेजुङ - ताप्लेजुङस्थित सुकेटार बिमानस्थलमा नेपाल एअर लाईन्सको नयाँ जहाजले सफल परीक्षण उडान गरेको छ।  करिव डेढ महिनापछि मंगलबार नेपाल एअर लाईन्सको चाईनिज बिमान वाइ-१२ ई(Y-12 E) ले परीक्षण उडान भरेको हो।  यो उडान पूर्वी पहाडी क्षेत्रमै पहिलो भएको नेपाल वायु सेवा निगमले जनाएको छ।

निगमका यहाँस्थित स्टेशन ईञ्चार्ज राजु कार्कीका अनुसार यो जहाजले पश्चिम नेपालका पहाडी भेगमा भने उडानको सफल परीक्षण गरेको छ।  मौसम अनुकुल नहुँदा सुकेटार बिमानस्थलमा असार ४ गतेपछि कुनैपनि उडान हुन सकेको थिएन।  यहाँ नेपाल एअर लाईन्सले सातामा दुईदिन काठमाडौ–ताप्लेजुङ–काठमाडौ उडान तालिका राखेको थियो।

  तर पछिल्लो डेढ महिनासम्म उडान हुन नसकेको खडेरी चिर्दै मंगलवार नेपाल एअर लाईन्सको चाईनिज बिमानले सफल उडान परीक्षण गरेको छ।  पाइलट एन शेर्पाले थ्(ज्ञद्द भ् जहाजका लागि सुकेटार बिमानस्थल अनुकुल पाइएको प्रतिक्रिया दिएको नेपाल वायु सेवा निगमको यहाँस्थित स्टेशनले जानकारी दिएको छ। 

स्टेशन इञ्चार्ज कार्कीले मौसम अनुकुल नहुँदा स्थगित भएका नेपाल एअर लाईन्सका उडान मौसममा सुधार आएसंगै पुन नियमित हुने बताए।  ताप्लेजुङ संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको गृह जिल्ला पनि हो।

 






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad