१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अटोमा गाँजा ओसार्ने तीन युवक पक्राउ

मकवानपुर– अटोमा लागुऔषध गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित तीन युवकलाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गस्थित हेटौंडा ११, थानाभर्याङबाट पक्राउ परेका उनीहरुलाई सोमबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

अटो चालक मनहरी गाउँपालिका ८, देउकोटका १९ वर्षीय जीवन मोक्तान तथा अटोमा सवार पर्साको विरगञ्ज उपमहानगरपालिका १०, रानिघाटका २४ वर्षीय राजेश पटेल र १९ वर्षीय मुन्ना अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।

ना १ ह ९७४६ नम्बरको अटोमा सवार उनीहरुको साथबाट १४ किलो ९ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। उनका अनुसार विशेष सूचनाको आधारमा अटो गाँच गर्दा सिटमुनी र छतमा फल्स बनाई त्रिपालले छोपी लुकाई राखेको छ वटा प्लाष्टिकको पोकामा गाँजा फेला परेको थियो।

लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम पक्राउ परेकालाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैंयासम्म जरिवाना हुने र अटो समेत जफत हुने कानूनी प्राबधान छ। 

यसैबीच, भारतीय क्राईम चेक अर्गनाइजेशनको कार प्रयोग गरी गाँजा तस्करी प्रयास गर्ने मुख्य अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। भारतको बिहार राज्य पटना बेलिरोड बस्ने ३४ वर्षीय प्रवल अग्निवेशलाई भरतपुर महानगरपालिका ३, पुलचोकबाट आईतबार पक्राउ गरेको हो।

कारको सिटमुनी फल्स बटम बनाई लुकाई राखेको आठ पोकामा ४८ किलो आठ सयग्राम गाँजा प्रहरीले बैशाख ५ गते फेला पारेको थियो। लागूऔषध ओसारपसार गर्ने फरक–फरक तरिका अपनाउँदै आएका तस्करहरुले अटो लगायतका साना सवारीलाई पछिल्लो समय प्रयोग गर्न थालेका छन्।

प्रकाशित: २० श्रावण २०७६ १४:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App