१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

कार्तिक नाचलाई चिनाउने ‘उषाहरण लीला’

ललितपुर–घडिमा सात बज्दा पाटनको कात्तिक डबलीमा मानिसका उपस्थिति बाक्लिँदै जान्छ । डबलीमा बलेको बत्तिले वरीपरी झिलिमिली देखिन्छ । यतिकैमा दैत्य÷दानवको पहिरनमा सजिएका एक अनौठा व्यक्ति देखा पर्छन । यत्तिकैमा उनी महादेवको तपस्यामा बस्छन् । तपस्यामा बसेका ती व्यक्ति निन्याउरो अनुहार लगाउँदै महादेवसँग हजार हात पाउँ भनि वरदान माग्छन् । नभन्दै महादेवले वरदान स्वरुप हजारवटा हात दिन्छन् । त्यसपछि ती व्यक्ति आफूलाई वलवान ठान्दै इन्द्रलोका बास बस्न जान्छन् । र, त्यहाँ अधिपत्य जमाएर बस्छन् ।

उक्त दृष्यले कार्तिक डबलीको वरीपरी झुमिएका व्यक्तिहरुका तरङ्ग पैदा हुन्छ । निकै अनौठौ मान्दै उपस्थित व्यक्तिहरुले नाच नियालीरहेका हुन्छन् । यो प्रसंग पाटनको ऐतिहासिक कार्तिक नाच अन्र्तगत पर्ने ‘उषाहरण लीला’ नाचको प्रसंग हो । कात्तिक १८ गतेदेखि सुरु भएको कार्तिक नाचमा यतिखेर ‘उषाहरण लीला’ नाच चलिरहेको छ । उषाहरण लीला कार्तिक नाचको मुख्य नाच अन्र्तगत पनि पर्छ । योे नाच चार चरणमा देखाइन्छ । पहिलो चरण– वानासुर नाम गरेका दानवले महादेवसँग हजारवटा हातको पाउ भनि तपस्या गर्छन ।

दोश्रो चरण– वानासुरकी सुपुत्री उषाले सपनामा सुन्दर पुरुष देख्छिन् र उक्त पुरुषलाई पाउँ भन्दै अनेकौ प्रयासहरु गर्छिन । तेश्रो चरणमा वानासुर र भगवान श्री कृष्णको नाती अनिरुद्रको युद्ध हुन्छ र चौथो चरणमा उषा र अनिरुद्रको विवाह भएर कथा टुगिन्छ ।

कार्तिक नाच अन्र्तगत पर्ने ‘उषाहरण लीला’ को प्रसंगलाई जोड्दै नाचका खोजकर्ता तथा कार्तिक नाच संरक्षण समितिका उपाध्यक्ष प्रतापधर शर्मा भन्छन्, ‘पहिरनमा  शोनितपुर (थानकोट) का दानव वानासुरले महादेवसँग हजारवटा हात पाउ भनी कागेको वरदानबाट सुरु हुन्छ । सोहि अनुसार महादेवले वानासुरले मागेको वरदान पुरा गरिदिन्छन् । त्यसपछि वानासुर इन्द्रलोकमा गएर अधिपत्य जमाएर बस्छन् । यतिकैमा नाचको पहिलो चर सकिन्छ ।’

त्यस्तै नाचको   दोेश्रो प्रसंगलाई उठान गर्दै कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार भन्छन्, ‘दोश्रो चरणमा वानासुरकी सुपुत्री उषाले एकदिन सपनामा सुन्दर पुरुष देख्छिन् । उक्त पुरुष उनलाई साहै्र मन पर्छ । उनी आफूले सपनामा देखेको पुरुषलाई विपना सोचिरहन्छिन् । सोच्दा सोच्दै उनलाई सपनामा देखिएको पुरुषको यादले पिरोल्न थाल्छ । उक्त कुरा सहन नसकेर आफ्नो मिल्ने साथि विचित्र लेखालाई सुनाउँछिन् । त्यसपछि विचित्र लेखाले उषाले सपनामा देखेको पुरुषबारे सोधिखोजी गर्छन ।

सोधिखोजी गर्छ र उषाले भने बमोजिम तस्बिर कोर्छ उक्त तस्बिर कृष्णको नाती अनिरुद्रसँग मिल्न जान्छ र विचित्रलेखाले उनलाई ती युवतीको सामू ल्याइदिन्छन् । र अनिरुद्र र उषाकोबीचमा प्रेम प्रसंग सुरु हुन्छ । उनीहरु एक आपसमा नजिकिँदै जान्छन्, गहिरो प्रेममा पर्छन । यतिकैमा उनीहरु सँगै बसेको दृष्य उषाका वाबु वानासुरले देख्छन् त्यसपछि त्यसपछि आफनी छोरीलाई प्रेममा फसाएको भन्दै अनिरुद्रलाई समातेर कारागारमा लगेर पासो लगाउँछन् ।

पासोमा परेपछि अनिरुद्रले बाच्न पाउँ भन्दै देवीको आराधाना थाल्छन् । त्यसको केहि समयमा अनिरुद्र पासोमा परेको उनका बाबु कृष्ण्ले थाहा पाउँछन् र नामरदलाई खोज्न जान अपिल गर्दै नारद र कृष्ण, वलभद्र गरुणमा चढेर अनिरुद्रलाई खोज्न हिड्छन ।

घरबाट बाहिरिनासाथ उनीहरुले बाटोमा विभिन्न विध्न बाधाहरु झेल्नुपर्छ । बाटोमा हिड्दा अग्नी ज्वाला आउँछ उक्त अग्नीले बाटो छेकेपछि कुष्ण र अग्नीकमोबीचका युद्ध हुन्छ । युुद्ध जित्न कृष्णलाई अप्ठेरो पर्छ र सोहि स्थानमा विष्मज्वरो नामका एकजना पात्र आउँछन् त्यपछि बलभद्र र अरु सहयोगीहरुले अग्नीलाई पररास्त पार्छन । यात्राकै क्रममा फेरी महादेवसँग कृष्णको युद्ध चर्किन्छ । सोहि बीचमा धर्तिमाता उत्पन्न भएर उक्त झगडा मिलाइदिन्छिन् ।

त्यपछि गरुणमा चढेको कृष्णको टोली अनिरुद्रकोमा पुग्छन् । र, नारदको पहलमा अनीरुद्र र उषाको स्यंवर गरिदिन्छन् । त्यपछि कथा टुगिन्छ ।’
उषाहरण लीला अन्र्तगतकै यो नाचमा महादेव र पार्वतीको प्रेम कहानी पनि समेटिएको उपषध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार यो नाच ३ सय ७६ बर्षअघि राजा सिद्धिनरसिंह मल्लले  सुरु गरेका थिए । कार्तिक नाच अन्र्तगत पर्ने उषाहरण लीला अन्र्तगतको यो नाच बुधबार सकिने र सो दिनबाट अन्य नाच सुरु हुने कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App