१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आईएमईबाट दुई लाख लुटने लुटेरा पक्राउ

भक्तपुर– चोरी भएको झण्डै १० महिनापछि भक्तपुर प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ। २०७५ असोज २४ गते भक्तपुरको सल्लाघारीस्थित आईएमईबाट रू दुई लाख निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउँदै गरेकी जया कोरालाबाट लुटपाट गरी फरार रहेका सिन्धुलाल्चोक राम्चे ७ घर भई हाल काठमाडौंको थानकोट बस्ने बर्ष २९ को पदम तिमिल्सिनालाई शनिबार पक्राउ गरेको जनाएको छ। 

भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटको हनुमन्ते पुल क्रस गर्ने बित्तिकै साथमा रहेको नगद रू २ लाख तथा मोबाइल फोनसमेत लुटपाट गरी फरार रहेका उनलाई महानगरिय प्रहरी बृत ठिमिबाट खटिएको प्रहरी टोलीले भक्तपुरको लोकन्थली नरेफांटबाट लागुऔषध डाईजापम, नोफिन र फेनारगन ६ सेट र मोवायल ४ थानसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत ठिमी भक्तपुरले जनाएको छ। 

लुटपाटमा संलग्न रहेका ३ जनामघ्ये तिमिल्सिना मुख्य रहेको र अन्य २ जना सुजन तामाङ र पबिन तामाङ यसअघि नै पक्राउ परी जेलमा रहेको बृतका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। पक्राउ परेका अभियुक्त पदम तिमिल्सिना लागुऔषध, पाकेटमारी, कुटपिट, ठगी, मुद्दामासमेत संलग्न रहेको अनुसन्धानवाट खुलेको उनले जनाए।   

प्रकाशित: १८ श्रावण २०७६ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App