१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडा कार्यालयमा सिलिन्डर विस्फोट

रामेछाप - जिल्लाको खाँडादेवी गाउपालिका वडा नं ३ भिरपानीको वडा कार्यालयमा गए राति अज्ञात समूहले सिलिण्डर बिस्फोट गराएका छन्।  शुक्रबार राति २ बजेतिर गराइएको विस्फोटबाट मानविय क्षति नभए पनि भौतिक क्षति पुगेको छ।

बिस्फोटबाट वडा कार्यलयको एक थान कम्युटर, ३ वटा दराजमा रहेका कागजपत्रमा क्षति भएको प्रहरीले जनाएको छ।  कार्यलय भवन भने सामान्य क्षति भएको वडाध्यक्ष पुष्कर कार्कीले जानकारी दिए। कार्यलयको छानामा रहेको एउटा जस्ता उधारेर भित्र पसी कार्यालयको मध्य भागमा पर्ने गरी विष्फोट गराएको पाइएको प्रहरीले जनाएको छ। 

अज्ञात समूहले गराएको विष्फोट बम नभइ ग्यासको सिलिण्डर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए।  उनले टायरमाथि सिलिण्डर राखेर आगो बाली सिलिण्डर पडकाएको घटनास्थलमा देखिएको बताए।  विष्फोट अनूसन्धान र क्षतिको  अध्ययन गर्ने काम प्रहरीले गरी रहेको अदालतले जानकारी दिए।

  घटना रातिको भए पनि सुरक्षा निकायमा ढिलो गरी जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।  घटनाको हालसम्म कसैले जिम्मेवारी लिएका छैनन।

प्रकाशित: १८ श्रावण २०७६ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App