१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रसुवागढी नाकाबाट स्याउ आयात घट्यो

रसुवा – रसुवागढी नाकाबाट अन्य सामग्रीको आयात बढे पनि स्याउ आयात भने घटेको छ। ओभरलोड बोक्न नपाइने व्यवस्था गरिएको र चाडपर्वको समयमा सडक अवरुद्ध भएका कारण स्याउ आयात घटेको रसुवागढी भन्सार कार्यालय रसुवाले जनाएको छ।

गत वर्षको असार र साउनमा पहिरोको कारण लामो समय सडक अवरुद्ध हुँदा आयात गरिएको स्याउ कुहिएर फालिएको थियो। तीज तथा दसैंको समयमा सडक अवरुद्ध भएपछि ‘सिप’मार्फत तराईबाट स्याउ ढुवानी गरिएको थियो। त्यसपछि फागुन–चैतमा ओभरलोड बोक्न नपाइने व्यवस्था गरिएपछि स्याउ आयातमा कमि आएको हो।

चीनको केरुङसम्म आयात गर्ने एउटा गाडीबाट आएको सामग्रीले तीनवटा नेपाली कन्टेनर भरिन्छ। बढीमा नौ टनसम्म मात्र बोक्न पाइने भएपछि रसुुवागढीबाट स्याउ आयात नगरेर व्यापारी अन्य क्षेत्रमा सरेका हुन्। स्याउ व्यापारीले रसुवागढीको विकल्पमा अन्य क्षेत्रबाट स्याउ आयात गरिरहेको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए। आमाको मुख हेर्ने दिन, दसैं, तिहार र छठजस्ता चाडपर्वमा स्याउ आयातमा वृद्धि हुने गरेको छ ।

कार्यालयका अनुसार एक वर्षमा तीन अर्ब ३० करोड मूल्य बराबरको स्याउ आयात भएको छ। आर्थिक वर्ष ०७५/७६ मा तीन अर्ब ३० करोड पाँच लाख ८७ हजार पाँच सय ५६ मूल्य बराबरको स्याउ आयात भएको थियो।
 

कार्यालयका अनुसार एक वर्षमा तीन अर्ब ३० करोड मूल्य बराबरको स्याउ आयात भएको छ। आर्थिक वर्ष ०७५/७६ मा तीन अर्ब ३० करोड पाँच लाख ८७ हजार पाँच सय ५६ मूल्य बराबरको स्याउ आयात भएको कार्यालयले जनाएको छ।

रसुवागढी भन्सार कार्यालयका अनुसार साउनदेखि असार मसान्तसम्ममा पाँच करोड ६ लाख १३ हजार चार सय १६ केजी स्याउ आयात भएको छ। यो आर्थिक वर्ष ०७४/७५ को तुलनामा ८३ लाख ८३ हजार पाँच सय सात केजी कम हो।

आव ०७४/७५ मा पाँच करोड ८९ लाख ९६ हजार नौ सय २३ केजी स्याउ आयात भएको थियो। नेपालमा चीन, भारत, इटाली, थाइल्यान्ड र युएसबाट स्याउ आयात हुने गरेको छ । सबैभन्दा धेरै स्याउ चीनबाट आयात हुने गरेको छ ।

यो नाकाबाट स्याउका साथै नस्पाती पनि आउने गरेको छ। यो नाकाबाट तयारी कपडा, स्याउ, जुत्ता/चप्पल, चस्मा/चस्मा फ्रेम र झोला/फाइल व्याग बढी मात्रामा आयात हुने गरेको कार्यालयले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App