२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस बैठक जारी

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा पार्टीको अन्तरिम संगठन र १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा सदस्यले बोल्ने क्रम जारी रहेको छ। केही दिनदेखि जारी केन्द्रीय समितिको सोमबारको बैठकमा केन्द्रीय सदस्य गगनकुमार थापासहितका असन्तुष्टपक्षीय सदस्यले पार्टीको विधानअनुसार निर्वाचन प्रक्रियाबाटै अन्तरिम संरचना बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछि अरलि महाधिवेशनको पक्षमा ओकालत गरेका थापाले सहमतिबाट अन्तरिम सहमति निर्माणमा जुट्दा पार्टी दुर्घटनामा फस्ने तर्क गर्दै तत्काल निर्वाचनमा जानुपर्ने धारणा राखे।

थापासहितका सदस्यले निर्धारित समयभन्दा छिटो महाधिवेशन हुनुपर्ने माग गर्दा नेता प्रदीप गिरीले छिटो होइन निर्धारित समयमै महाधिवेशनमा जुट्न आग्रह गरेको कुरा स्मरण गराउँदै उनले भने, ‘थपिएको एक वर्षमा महाधिवेशन सक्नेगरी काम गराैं।’

केन्द्रीय सदस्य वीरबहादुर बलायरले अन्तरिम संरचना निर्माणसहितका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले निर्णय लिनुपर्ने धारणा राखे। पार्टी सञ्चालनमा कसका कारण समस्या भयो भन्ने कुरा बैठकमा राख्नुपर्ने तर्क गर्दै उनले भने, ‘सभापतिले निर्णय लिएर जानुप¥यो। त्यसमा समस्या छ भने कसका कारण हो त्यो पनि बाहिर ल्याउनुपर्छ। अब चुप लागेर बसेर हुँदैन।’

बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्बे, गुरुराज घिमिरे, प्रवक्ता विश्वप्रकाश शर्मा, किरण यादव, बहादुरसिंह लामाले विचार राखेका छन्। बैठक मंगलबार १ बजे बस्नेछ।

प्रकाशित: १४ श्रावण २०७६ ०१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App