शताब्दी पुरुष सत्यमोहनका तीन पुस्तक सार्वजनिक

आइतबार, १२ साउन २०७६, १० : ५७ मञ्जु गाैतम

काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन पुस्तकहरू सार्वजनिक भएका छन्। संस्कृतिविद् सत्यमोहन जोशीद्धारा लिखित ३० वटा कृतिहरू तयार भएका ‘सत्यमोहन जोशी विशेषाङ्क’, ‘कृति विम्बमा सत्यमोहन जोशी’ र ‘अवलोकेश्वर करुणामय रातो मत्स्येन्द्रनाथ’ नामक पुस्तकहरू सार्वजनिक गरिएका थिए। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीको वार्षिक उत्सवको कार्यक्रममा पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा लिखित तीन कृतिहरू विमोचन गरेकी थिइन्।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायधीश सुशीला कार्कीले संस्कृतिविद् जोशीका कृतिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएकी थिइन्। ‘शताब्दी पुरुष सत्यमोहन जोशीले नेवारी र नेपाली भाषामा लेखेको कृतिहरू छनोट बनाएर तीन वटा पुस्तकहरू सार्वजनिक भएका छन्। उनले लेखेको अन्य कृतिहरू समेत संरक्षण गरिनुपर्छ,’उनले भनिन्।
संस्कृतिविद् जोशी कृतिहरूको मूल्यांकन गरेर तीन वटा पुस्तकहरू प्रकाशित भएका थिए। संस्कृतिविद् जोशीले नेवारी भाषाबाट ४० भन्दा बढी कृति लेखिसकेका छन्। तीन वटा पुस्तकलाई जीवनचन्द्र कोइरालाले सम्पादन गरेका थिए।

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले आयोजना गरेको कार्यक्रममा समाजसेवी सगुन शाह र गीतकार रत्नशम्सेर शाहलाई अभिनन्दन गरिएको थियो। कर्मयोगी बद्रीविक्रम थापाको ९७ औं जन्म स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै गुठीका उपाध्यक्ष भीमबहादुर अधिकारीले समाजसेवी बद्रीविक्रम थापाको व्यत्तित्वमाथि बोलेका थिए। यसवर्षको बद्रीविक्रम चरित्र पुरस्कार हिन्दुविद्यापीठ, दाङकी छात्रा प्रतिभा चौधरीलाई गरिएको थियो। गायक शिशिर योगीले कार्यक्रममा संस्कृतिविद् जोशीद्धारा लिखित गीतहरू प्रस्तुत गरेका थिए।

आमा ! मेरी आमा ! पुस्तक सार्वजनिक

साहित्यकार शोभा तिवारी लोहनीको काव्यकृति ‘आमा ! मेरी आमा’ नामक पुस्तक सार्वजनिक भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रम साहित्यकार तुलसी दिवसले ‘आमा ! मेरी आमा’ पुस्तक विमोचन गरेका थिए।

शोभा–अर्जुन संगीत कोषले पुस्तक प्रकाशनमा गरेको थियो। कार्यक्रममा ललितकला क्याम्पसका दुई जना विद्यार्थीलाई कोषको तर्फबाट छात्रवृत्तिसमेत प्रदान गरिएको थियो। कोषका अध्यक्षसमेत रहेका तुलसी दिवसले स्वर्गीय तिवारी लोकसंगीत र संस्कृतिको संरक्षणमा निरन्तर रूपमा लागेको बताए। ‘स्वर्गीय तिवारीले यो पुस्तकमा नेपालको विभिन्न अवस्थाको बयान गरेको छ। पुस्तकमा कवितासँगै नेवारी र अंगे्रजी भाषामा लेखिएका लोकसंगीत सम्बन्धी लेख समेत समेटिएका छन्,’ उनले भने।

स्वर्गीय तिवारीको ६७ औं जन्मजयन्तीको अवसरमा कार्यक्रमको आयोजना गरिएको जानकारी उनी जेठी छोरी ऋचा शर्माले गराएकी थिइन्। ‘आमाको साहित्यिक रचनाहरूलाई जिवित राख्न यो पुस्तक सार्वजनिक गरेका हौं। पुराना कागजमा लेखेर अव्यवस्थित रूपमा फालिएका आमाको सिर्जनालाई बटुलेर लेखिएको करिव १८ वर्षपछि प्रकाशन गरेका हौं,’ उनले भनिन्।

कथाकार मञ्जु काँचुलीले स्वर्गीय तिवारी र बालकृष्ण सम एउटै वातावरणमा हुर्केकाले त्यही वातावरणबाट उनलाई साहित्यका क्षेत्रमा लाग्न पे्ररणा मिलेको बताइन्। लेखक शोभा तिवारीकी नातिनी रचयीता थपलियाले हजुरआमाको सम्झनामा ‘नातिनी’ शीर्षकको कविता वाचन गरेकी थिइन्। साहित्यकार हिरण्यकुमारी पाठक र प्रमोद प्रधानलगायतले काव्यकृति र स्वर्गीय तिवारीले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad