१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दोस्रो युनिटको ड्राइ टेस्ट

रसुवा – रसुवा र नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाले  दोस्रो युनिटको ड्राइ टेस्ट गरेको छ। लोड दिएर परीक्षण गर्नुअभि लोड नदिइ परीक्षण गर्नुपर्ने भएकाले सुरुमा ड्राइ टेस्ट गरिएको हो। यसलाई ‘नो लोड टेस्ट’ पनि भनिन्छ। शुक्रबार दिउँसो २ बजेदेखि परीक्षण सुरु गरिएको थियो।

नो लोड टेस्ट सफल भए सोमबारसम्ममा ७२ घण्टे लोड टेस्ट गरिने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए। ‘सोमबार साँझसम्ममा लोड टेस्ट गर्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘यो सफल भएमा हामी व्यावसायिक उत्पादन गर्छौं।’ पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन भइसकेको बताउँदै उनले आगामी अगस्त ३० सम्ममा व्यावसायिक उत्पादन सुरु गर्ने बताए। आव ०७५/७६ को अन्तिमसम्ममा व्यावसायिक उत्पादन गर्ने लक्ष्य थियो।

पहिलो युनिटबाट उत्पादन भएको विद्युत् खेर जान नदिन उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ‘टेकिङ ओभर सर्टिफिकेट’ दिएपछि आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने आयोजना प्रमुख जोशीले बताए।
आयोजना  पूर्ण रूपमा सञ्चालनमा आएपछि आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको हो।

यही वैशाख १७ गतेबाट पहिलो युनिटबाट उत्पादन सुरु गर्ने कार्ययोजना थियो। आयोजनाको मुख्य सुरुङको ब्रेक थ्रु २०७४ भदौमा भएको थियो। आयोजना ठेकेदार चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)ले निर्माण गरेको हो।

इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायत संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनिज (सिजिजिसी) सँग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो।

आयोजना २०६८ वैशाखबाट निर्माण सुरु भएको थियो। भूकम्पका कारण करिब २२ महिना निर्माण कार्य प्रभावित भएको थियो। भूकम्प र नाकाबन्दीले आयोजनाको संरचनामा क्षति पु-याएको थियो। आयोजना निर्माण सम्पन्न गर्नका लागि १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च हुने छ।

प्रकाशित: १२ श्रावण २०७६ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App