१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एक वर्षमा सवारी दुर्घटनामा ७४ जनाको मृत्यु

सर्लाही– आर्थिक वर्ष २०७५/०७६ मा जिल्लाभित्र भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ७४ जना सर्वसाधारणको मृत्यु भएको छ। वर्ष भरीमा भएका १२३ वटा सवारी दुर्घटना परेर ७४ जनाको मृत्यु भएको हो।

जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग तथा भित्री सडकहरुमा भएका दुर्घटनामा ८८ जना गम्भिर तथा ८६ जना गम्भिर घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ को भन्दा सर्वसाधारणको मृत्यु झण्डै दोब्बरले बढेको छ। आर्थिक वर्ष २०७४÷०७५ मा भने ७९ वटा सवारी दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो।

त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा ट्राफिक नियम विपरीत चलाइएका २८ हजार ७४३ सवारीलाई कारवाही गरी एक करोड ९२ लाख ६४ हजार रुपियाँ राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७६ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App