१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरी पुरेर पार्किङ

काठमाडौं - ललितपुर महानगरपालिकाले पुल्चोकस्थित ऐतिहासिक पोखरी पुरेर पार्किङका लागि भाडामा लगाएको छ। पर्यटकीय क्षेत्र पाटन दरबार स्क्वायर अवलोकनमा आउने आगन्तुकका सवारीसाधन पार्किङ गर्ने ठाउँ नभएको भन्दै महानगरले नःत्वा पलेस्वाँ पुखु नामक सो पोखरी भएको ठाउँलाई टेण्डर गरी पार्किङ स्थल बनाउन भाडामा लगाएको हो।

स्थानीय बुढापाकाका अनुसार सो पोखरी पाटन क्षेत्रको ऐतिहासिक पोखरी हो। सप्तपाताल पोखरी, पिम्बहाल पोखरी, महानगरपालिकासँगै रहेको कमलपोखरीलगायत धेरै पोखरी एउटै समयकालमा बनाइएको ललितपुर महानगरपालिकाका पूर्वमेयर तथा सम्पदाप्रेमी बुद्धिराज बज्राचार्यले जानए। उनका अनुसार पछिल्लो समय उपत्यकाका धेरै स्थानमा यसरी नै पोखरी पुरेर अन्य प्रयोजनमा लगाउने क्रम बढेको छ। ‘पुराना पोखरी र ढुंगेधारामा पानी आउन छाडेको छ। पोखरी सुकेपछि खाल्डो पुरेर त्यसलाई अन्य प्रयोजनले भाडामा दिने प्रवृत्ति बढ्दो छ,’ उनले भने, ‘यसलाई रोक्न नसकिए सम्पदा ध्वस्त हुँदै जान्छन्।’

‘हामीले यहाँका धेरै पोखरी संरक्षण गरिसकेका छौं। यो ठाउँमा पनि पोखरी नै बनाउँछौं। तर पोखरी भिजिट नेपाल २०२० पछि मात्रै बन्छ। अहिलेको विरोध पुरानो ठेकेदार र महानगरले ५ दिनअघि निलम्बन गरेका नगर प्रहरी कदमलाल श्रेष्ठले गरेका हुन्। पोखरीको ६ आना जग्गा पनि स्थानीय खोसेका छन्। त्यो जग्गा पनि फिर्ता गर्छौं।’

१५/२० वर्ष पोखरी भएको ठाउँलाई पार्किङ दिन थालिएको हो। पुरानो भाडा कम भएको भन्दै महानगरपालिकाले ठेक्का परिवर्तन गरेको थियो। ‘सम्पदाको जरो उखेलेर पार्किङ बनाउन पाइँदैन। यो सम्पदामाथिको दमन र अत्याचार हो,’ पाटनका स्थानीय दिनेश महर्जनले भने, ‘सम्पदा जोगाउनुपर्ने बेलामा उल्टै कंक्रिटले टालेर पार्किङ बनाउँदा सम्पदामाथिको अपमान हुन्छ। हामी त्यासो गर्न दिन्नौ।’ उनका अनुसार पोखरी मासेको र पार्किङको निम्ति भाडामा लगाएको भन्दै मंगलबार दिनभर पाटनबासीले महानगरपालिमा धर्ना दिए। उनीहरुले पोखरी मास्नु हुन्न, पुनर्जीवित गर्नुपर्छ भन्ने माग राखेका छन्।

महानगरपालिकाका मेयर चीरिबाबु महर्जनले विरोधको कुनै तुक नभएको जानकारी दिए। उनले पुरानो ठेक्का परिवर्तन गरेर नयाँ ठेक्का लागू भएपछि विरोध गर्न थालिएको बताए। ‘नगरपालकिाले पहिले चालीस हजारमा ठेक्का लगाएका रहेछ। त्यो रकम साह्रै नै कम भएकाले हामीले एक लाख ६० हजार बनाएर नयाँ ठेक्का लगाएका हौं,’ उनले भने, ‘पुरानो ठेकेदार र महानगरले ५ दिनअघि निलम्बन गरेका नगर प्रहरी कदमलाल श्रेष्ठले यसको विरोध गरेका छन्।’ मेयर महर्जनका अनुसार भिजिट नेपाल २०२० को कार्यक्रम सकिएपछि यो ठाउँलाई पोखरी नै बनाइने जानकारी दिए।

‘हामीले यहाँका धेरै पोखरी संरक्षण गरिसकेका छौं। यो ठाउँमा पनि पोखरी नै बनाउँछौं। तर पोखरी सन् २०२० पछि मात्रै बन्छ,’ उनले थपे। उनका अनुसार महानगरपालिका पछाडि पर्ने यस पोखरीको ६ आना जग्गा स्थानीय खासेर उपभोग समेत गर्दै आइरहेका छन्। उक्त जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने तयारी महानगरपालिकाले गरेको छ।

प्रकाशित: ९ श्रावण २०७६ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App