सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप रोक्न ‘क्लिन फिड’ : नेता खनाल

मङ्गलबार, ०७ साउन २०७६, २१ : ०३ नागरिक संवाददाता

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट जोगाउन पनि विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन्।

नेता खनालले सरकारले मुलुकको सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप हुन नदिन पनि विज्ञापनसम्बन्धि विधेयकमा ‘क्लिन फिड’ को प्रावधान राखेको पनि स्पष्ट पारे। मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले मुलुकको हितलाई केन्द्रमा राखेर सरकारले ल्याएको सो विधेयकलाई राजनीतिक सहमति जुटाएर पारित गर्नुपर्ने प्रस्ताव पनि अघि सारे। नेता खनालले विज्ञापनको बजार मुलुकका तीव्र रुपमा विस्तार भइरहेकाले पनि त्यसको नियमनका लागि पनि सो विधेयक अति आवश्यक रहेको स्मरण गराए।

बैठकमा बोल्दै विज्ञहरु काशिराज दाहाल, लक्ष्मण हुँमागाई र तारानाथ दाहालले समितिमा विचाराधिन रहेको सो विधेयकलाई समृद्ध बनाउने सन्दर्भ सामग्रीको बारेमा समितिलाई जानकारी गराएका थिए। कानुनविद् दाहालले सो विधेयकलाई समृद्ध बनाउन संविधान, देवानी तथा फौजदारी संहिता, उपभोक्ता हित संरक्षण ऐन र सर्वोच्च अदालतका फैसलाहरुलाई मूल आधार बनाउन समिति समक्ष आग्रह गरेका थिए।

यता, संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समितिको यस अघिको बैठकमा क्लिन फिड सम्बन्धि प्रावधान राष्ट्रिय हितलाई ध्यानमा राखेर समावेश गरिएको उल्लेख गर्दै नहटाउने अडान लिँदै आएका छन्।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad