प्रदेश ३

अत्यावश्यक सवारीको रकम फ्रिज नहुने निर्णय

सोमबार, ०६ साउन २०७६, २० : २३ अशोकसुजन श्रेष्ठ

मकवानपुर– प्रदेश नम्बर ३ सरकारले दमकल, एम्बुलेन्स तथा शववाहन खरिद गर्न सशर्त अनुदान स्वरुप प्रदान गरेको रकम फ्रिज नहुने निर्णय गरेको छ। सोमबार बसेको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले तीन कार्यविधि, एक नियमावली, एक निर्देशिका स्वीकृत गर्ने पनि निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यविधि २०७६, द्वन्द प्रभावित परिवारलाई सहायता गर्ने कार्यविधि २०७६ र एक बिद्यालय एक नर्स सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए।

त्यस्तै, प्रदेश सार्वजनिक खरिद नियमावली २०७६, प्रदेश राजपत्र प्रकाशन सम्बन्धी निर्देशिका २०७६ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए।

साथै प्रदेश मन्त्रिपरिषदको बैठकले ११ औ तहका स्वास्थ्य सेवाका कर्मचारीहरु पदस्थापन गर्ने, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले दिएको राजिनामा स्वीकृत गर्ने, प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि बिकास बैंकबिच समझदारी गरी काम गर्ने निर्णय पनि गरेको मन्त्री ढुङ्गेलले जानकारी दिए।

यसैगरी, सार्वजनिक निर्माण कार्यान्वयन ईकाइको समयावधि थप, ईकाइको कार्यक्षेत्र थपघट तथा संगठनको संशोधित दरवन्दी तेरिज स्वीकृति एवं कार्यालयको स्थान सार्ने, भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पत्नी कान्छीमाया लामाको मृत्युको शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको बताइएको छ।







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad