१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोल्पाका पहिरो पीडितलाई राहत बाँड्न मन्त्रीसहितको टोली घटनास्थलमा

राहत वितरणका लागि पुगेको नेपाली सेनाको हेलिकप्टर । तस्बिर : नागरिक

नेपालगन्ज– डोल्पाको मुड्केचुला गाउँपालिका वडा नम्बर १, २ र ३ मा पहिरो पीडितलाई राहत बाँड्न एक टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ। कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दबहादुर बुढा, सांसद बीरबहादुर शाही, बदनी बोहरा, कर्णाली प्रदेश आन्तरिक मामिला मन्त्रालयका अधिकृत कृष्णबहादुर रोकायसहितको टोली त्यसतर्फ गएको हो। 

नेपाली सेनाको हेलिकप्टरमार्फत राहत वितरणका लागि त्यसतर्फ गएको मन्त्रालयका अधिकृत रोकायले नागरिकन्युजलाई जानकारी दिए। तीन दिनअघि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो। ९ जना बेपत्ता रहेको स्थानीय प्रहरीले जनाएको छ। 

पहिरो प्रभावित परिवारलाई राहत स्वरुप ७ सय ५० किलो चामल, ३ सय किलो दाल, ३० किलो नुन, ३० किलो चिनी, साबुन ६० चक्की, चिउरा १ सय ५० किलो, तेल ६० लिटर, चियापत्ती ३० प्याकेट, बाल्टी ३० थान, जग ३० थान, पाल १५ वटा, पाईप ५ सय मिटर, रेडक्रसको भाँडा सेट ६ सेट लगायत वितरण गरिने रोकायले बताए। 

प्रकाशित: ३१ असार २०७६ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App