१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गृह मन्त्रालयको तथ्याङ्कः ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडाैं- असार २६ गतेदेखि परेको अविरल वर्षापछिको बाढी, पहिरो र डुबानकाे कारण हालसम्म ७८ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मंगलबार दिउँसाेसम्म ३२ जना बेपत्ता र ४० जना घाइते भएका छन्।

बाढी पहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएकाे गृह मन्त्रालयले जनाएकाे छ। गृह मन्त्रालयले दिएकाे तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए।

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ। अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ। बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ। तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन्।

प्रकाशित: ३१ असार २०७६ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App