१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाढी पीडितहरुको राहत, उद्धार र उपचार सरकारले गर्ने

काठमाडाैं– सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो। बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। बैठकले गृह मन्त्रालयले माहतका सबै निकायसँग तथ्यांक संकलन गरे पछि मात्रै पीडितहरुका लागि आवश्यक आवास पुनर्निर्माणको कामलाई अघि बढाउने निर्णय पनि गरेको छ। सरकारले पीडितहरुको राहत, उद्दार र उपचारको काममा आवश्यक समन्वय गर्न संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेको छ।

त्यसैगरी सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध बाटो, विद्युत, संचारलगायतका अति आवश्यकीय सेवा तत्काल सुचारु गराउन पनि सम्बन्धित निकायलाई परिचालन गरिएको जनाएको छ। मन्त्री बास्कोटाले सो घटनापछि स्वतहस्र्फूत रुपमा उद्दार, राहत तथा उपचारमा खटने सुरक्षा निकाय, अस्पताल, चिकित्सक, सरकारी तथा गैरसरकारी सबै संस्थाहरुलाई पनि धन्यवाद दिइएको जानकारी पनि दिए।

मन्त्रीपरिषद बैठकले आइतबार अपरान्हसम्म सो घटनामा परी ५१ जनाको मृत्यु भएको पनि पुष्टि गरेको छ। त्यसैगरी ३१ जना वेपत्ता भएको, २८ जना घाइते भएको र १० हजार ३ सय ८५ जना घरधुरी विस्थापित भएको पनि मन्त्रीपरिषद बैठकको निर्णयमा उल्लेख गरिएको छ।

मन्त्रीपरिषद बैठकले सो घटनामा परी निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

प्रकाशित: २९ असार २०७६ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App