१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

टिप्परले किच्दा बालकको ज्यान गयो, स्थानीयद्वारा प्रदर्शन

सर्लाही– जिल्लास्थित बागमती नगरपालिकाको भित्री सडकमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बागमती नगरपालिका–१२, स्थित बथनियामा आइतबार साँझ ना. ४ ख २३०५ नम्बरको टिपरको ठक्करबाट स्थानीय ख्यालसाङ थिङका ५ बर्षीय छोरा आयुष थिङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कर्मैया–हथियौल क्षेत्रीय सडक खण्डमा जोडिएको भित्री सडकमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

घटना लगत्तै स्थानीयले बिरोध प्रदर्शन गर्दै बालकको शव उठाउन नदिएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिप्पर र चालकलाई भने नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।

गिट्टी बालुवा बोक्ने टिप्परहरु भित्री सडकमा समेत अत्यन्त तब्र गतिमा दौडने गरेको स्थानीय बासिन्दाले बताएका छन्। भित्री गाउँहरुमा टिप्पर चलाउन सवारी चालक अनुमतिपत्र नलिएका आलोकाँचो उमेरका युवालाई दिइने र तीब्र गति एवं अनियन्त्रित ढंगले चलाउने गरेकाले दुर्घटना बढिरहेको स्थानीय बासिन्दाको गुनासो छ।

प्रकाशित: २२ असार २०७६ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App