१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कायस्त जातिका कुलदेवता चित्रगुप्तको पूजा सम्पन्न

महोत्तरी– कलमजीवीहरुका देवता तथा मनुष्यको पाप पुण्यको लेखा जोखा राख्ने भनेर पौराणि ग्रन्थहरुमा व्याख्या गरिएका भगवान चित्रगुप्तको पूजा कलमजिविको रुपमा चिनिएका महोत्तरीका कायस्त समुदायले धुमधामका साथ सम्पन्न गरेका छन्।  

प्रत्येक वर्ष झैं भाईटीकाको दिन मनाइने चित्रगुप्त पूजामा कायस्थ समुदायले आफना बंश पिता(कुलदेवता) भगवान श्री चित्रगुप्तको पूजाको साथै वर्षभरि कलम चलाएर जीविवकोपार्जन गर्ने कलमको समेत पूजा गरेका छन्।

कलमलाई जीविको चलाउने प्रमुख औजारको रुपमा मान्दै आएको यस समुदायले मंगलबार पूजा समारोहको आयोजना गरी चित्रगुप्त र कलम द्ववातको पूजा गरेका हुन्।

जलेश्वर नगरपालिका १५ सुगाभवानिपट्टि, जनपा १३ धवौलि, भटौलिया, डाम्ही मडै, मटिहानीलगायत क्षेत्रका कायस्थ समुदायको वसोवास रहेको जिल्लाको विभिन्न गाउँहरुमा हातमा कलम बोकेको भगावन चित्रगुप्तको पूजा अर्चना गर्नुका साथै रातभरी जाग्रम समेत बसेको र विभिन्न मनोरंजनात्मक सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको चित्रगुप्त सेवा समाज सुगाका सचिव नागेन्द्र कुमार कर्णले बताएका छन्।

उनका अनुसार महोत्तरीको अन्य गाउँमा वसोवास रहेको ठाउँ भन्दा सुगा भवानिपट्टिमा भव्यताको साथ भगवान चित्रगुप्तको पूजा भएको छ । मंगलवार भाईटीकाको दिन पूजा पाठ गरेर बुधबार बिहान विर्सजन पश्चात चित्रगुप्तको प्रतिमा नजिकको पोखरी र तलाउमा सेलाएर विधिवत चित्रगुप्त पुवा सम्पन्न भएको सचिव कर्णले बताए।
 
एक महिना अगावैदेखि चित्रगुप्त पूजाको तयारी शुरु गरिएको र मंगलबार विविध कार्यक्रम गरी धुमधामका साथ चित्रगुप्त पूजा आयोजना गरिएको उनले बताएका हुन। आफूहरु सृष्टीकर्ता परमपिता ब्रम्हाको ईच्छापुत्र चित्रगुप्तको संतान भएको मान्यता राख्ने यो समुदायले सदियौंदेखि यो परम्परा मान्दै आएका हुन्।

पुजाको दिनमा यस समुदायका मानिसहरुले कलमको प्रयोग नगरी यसलाई धोई पखाली चोखो पारेर विधिपूर्वक मंत्रोचारण गरी पूजा गरेका थिए। भाईटीकाको दिन सम्पन्न हुने यस पूजाको भोलिपल्ट नजिकैको जलासयमा भगावन चित्रगुप्तको प्रतिमा सेलाउने गरिन्छ।

यिनलाई ब्रम्हाद्वारा यमराजको दरबारमा नियुक्त गरिएको कुरा पदम पुराणमा उल्लेख गरिएको छ। कायस्थको स्त्रोत श्री चित्रगुप्तजी महाराजलाई मान्ने गरिन्छ। भनिन्छ ब्रह्माजीले चार वर्ण बनाएका थिए। ब्रह्माजीले ब्राहमण, क्षत्रीय, वैश्य र शुद्र वर्ण बनाए पनि यमराजले उहाँसँग मनुष्यको विवरण राख्न सहयाता मागेका थिए।

अनि ब्रह्माजीले ११ हजार वर्ष ध्यानसाधनामा लिन भए जव उनी आँखा खोले अनि आफ्नो अगाडी ‘आजानभुज करवाला पुस्तक कर कलम मसिभाजनम,’ अर्थात् एक पुरुषले आफनो हातमा कलम, द्ववात, पुस्तक तथा कम्मरमा तरवार बाँधेका पाए। अनि ब्रह्माजीले ती पुरुषसँग सोधे, ‘हे पुरुष तिमि को हौं ?’ अनि ती पुरुषलेले ब्रह्माजीलाई जवाफ दिए म हजुरकै चित्तमा गुप्त रुपमा निवास गर्दै आएको थिए। अब तपाईंले नै मेरो नामाकरण गरी दिनु। अनि ब्रह्माजीलेले आफनै चित्तमा गुप्त वास वसेकाले उनको नाम चित्रगुप्त राखिदिए।

अनि उनलाई प्रत्येक प्राणीको (काया) आत्ममा गुप्त वास वसृर उनको द्वारा गरिने सत्कर्म र अपकर्मको लेखा राख्ने र त्यसै अनुसार सही न्याय गरेर उपहार र दण्ड दिने व्यवस्था गर्ने कार्यक्रमा लगाउने काम सुम्पेका थिए।
साथै चित्र गुप्त प्रत्येक प्राणीको (काया)आत्ममा गुप्तरुपमा वास बस्ने भएकाले चित्रगुप्त र उनका संतानलाई कायस्त भनिने समेत घोषणा गरेका थिए।

चित्रगुप्तलाई महाशक्तिमान क्षत्रीयको नामबाट सम्बोधित गरिएको। चित्रगुप्तको दुई वटा विवाह भएको थियो। पहिलो ब्राह्मण कन्या सुर्यदक्षिणा÷नंदनीबाट चार छोरा भानु, विभानु, विश्वभानु र वीर्यभानु जन्मेका थिए भने दोस्रो नागवन्शी क्षत्रिय एरावती÷शोभावतिबाट ८ छोरा चारु, चितचारु, मतिभान सूचारु, हिमवान, चित्र र अतिन्द्रिय जन्मेका थिए।

प्रकाशित: १७ कार्तिक २०७३ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App