२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्ब्यसनीबिरुद्ध सिडिओ

लागुऔषध दुर्ब्यसनीबारे शिक्षण गर्दै जुम्लाका सिडिओ दुर्गा बञ्जाडे ।

जुम्ला– जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे अधिकांश समय दुर्ब्यसनी बिरुद्धको अभियानमा ब्यस्त हुन्छिन्। उनी स्कुल, क्याम्पस, प्राविधिक शिक्षालयहरुमा अध्ययनरत बिद्यार्थीलाई लागु पदार्थ दुर्ब्यसनीले जीवनमा गर्ने हानी नोक्सानीका बारेमा सचेत गराउँदै अघि बढेकी छन्। दैनिक प्रशासनिक कार्यलाई मिलाउँदै प्रजिअ बञ्जाडे अभियानात्मक रुपमा लागेकी हुन्। 

लागुपदार्थको दुर्व्यसनीबाट टाढै रहन बिद्यार्थीहरुलाई आग्रह गर्छिन्। उनले भनिन्, ‘जानेर वा नजानेर युवा कुलतमा फसिरहेका छन्। कुलतबाट जोगाउनको लागि दौडधुप चलिरहेको छ। लागुपर्दाथको लतबाट मानवीय क्षति भएकोबारे सम्झाउँछौं’, उनले भनिन्, ‘गलत साथीको संगत नगर्न र यस्ता कुलतबाट टाढै रहन सुझाब दिँदै अघि बढेका छौं।’  चेतनाको अभाव र अन्धविश्वासका कारण पछिल्लो पुस्ता फस्दै गइराखेका छन्। बेरोजगारीका कारण पनि कुलतमा फस्ने युवाहरु बढ्दै गएको बताइन्। कुलतमा लाग्न नदिनको लागि प्रहरी, प्रशासन, मानव अधिकार आयोगलगायत आम नागरिक सक्रिय भएर लाग्नुको विकल्प नरहेको उल्लेख गरिन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजाल जुम्ला लागु पदार्थ दुर्व्यसनीको उच्च जोखिममा रहेको बताउँछन्।

जुम्लामा पाइने चरेस र गाँजा बाहेक ब्राउन सुगर, अफिमजस्ता घातक लागुपदार्थ प्रयोग बढ्दै गएको जानकारी दिए। उनले जुम्लामा लागु पदार्थ प्रयोग गरिरहेका पाँच समूहलाई एकैसाथ पक्राउ गरेको समेत बताए। जुम्लामा विभिन्न खाले चेतनाका कार्यक्रम नगरेको खण्डमा विकराल रुप लिने सक्ने उनको भनाई छ।

‘प्रहरी प्रशासनले मात्र केही गर्न सकिँदैन्’, उनले भने, ‘सबैले जिम्मेवार नागरिकका रुपमा प्रहरी प्रशासनलाई सूचना दिन सक्नुपर्छ। विद्यालय स्तरबाटै लागुपदार्थका बेफाइदा, कानुनी सजाय, यसले स्वास्थ्य तथा भविष्यमा पार्ने असरका बारेमा सिकाउँदै आएका छौं।’ राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख रमेश कुमार थापाले लागु पदार्थ मानव अधिकारसँग जोडिएको विषय भएको भन्दै सबै सतर्क हुनुपर्ने बताउँछन्। 

उनले पारिवारिक, सामाजिक आर्थिक हिसाबले कुलतमा पसेका युवालाई कसैले पनि अमानवीय व्यवहार गर्न नहुने बताए। अधिकांश समुदायमा होच्याएर बोल्ने, समान नदिने लगायतका कारणले पनि डिप्रेसनमा बढी आत्महत्याजस्ता कार्यमा संलग्न हुने उनको भनाई छ। त्यसैले परामर्श, उनीको चाहना अनुसारको व्यवहार गरी मानवअधिकार संरक्षणमा जोड दिनुपर्ने सुझाब दिए।

नगर बाल संजालका अध्यक्ष तथा युनिसेफका लागि नेपाली बाल राजदूत ईश्वर खत्री युवा पुस्ताहरुमा बढ्दै गएको कुलत रोकथामका लागि सचेतनाका क्रियाकलाप गर्नु पर्नेमा जोड दिन्छन्। जिल्लाभरीकै विद्यालयमा यस्तै सचेतना फैलाउने तयारीमा रहेको बताए।  

सरोकारवालाबाट पर्याप्त सहयोग नपाउँदा काम गर्न निकै अप्ठयरो भएको दुखेसो गरे। लागु पदार्थ दुर्व्यसनी न्यूनिकरण निकै चुनौतीपूर्ण बन्दै गएको बेला चेतना फैलाउने कार्यमा पनि सोचेजस्तो सहयोग छैन्। जुम्लाका चन्दननाथ नगरपालिकासहित कर्णाली करिडोरसँग जोडिएका बिद्यालयमा अहिले लागु औषध दुर्ब्यसनीका बारेमा शिक्षण गर्ने गरिएको छ। 

प्रकाशित: १९ असार २०७६ १२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App