१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्याचेस्टर सिटीको सानदार जित

लण्डन–च्यम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बार्सिलोनालाई पराजित गरेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बार्सिलोनालाई ३–१ गोल अन्तरले पराजित गर्दैै गत साता नाओ क्याम्पमा भोगेको हारको बदला समेत लिएको छ।

खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो। खेलको २१ औं मिनेटमा नेमारको पासमा लियोनल मेसीले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर खेलको ३९ औं मिनेटमा म्यानचेस्टर सिटीका गुणगोनले गोल गर्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको ५१ औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दैै सिटीलाई २–१को अग्रता दिलाएका थिए। त्यस्तै खेलको ७४ औं मिनेटमा गुणगोनले व्यत्तीगत दोस्रो गोल गर्दा सिटीले ३–१ को सानदार जित हात पारेको हो।

 

प्रकाशित: १७ कार्तिक २०७३ ०५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App