१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुपन्देहीमा गोली चलाएर साढे ४ लाख लुटियो

भैरहवा – गोली चलाएर रुपन्देहीमा चार लाख ६३ हजार रुपैयाँ लुटिएको छ। गैडहवा गाउँपालिका–३, मंगलचोकमा रेशमकुमारी मल्लबाट उक्त रकम लुटिएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जनाए।

उनका अनुसार मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट रकम निकालेकी थिइन्।  यस विषयमा अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको उनको भनाइ छ।

प्रकाशित: १७ असार २०७६ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App