१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सवारीसाधनबाट धैरै प्रदूषण

काठमाडौं - काठमाडौं उपत्यकामा सबैभन्दा बढी वायुप्रदूषण यातायातका साधनका कारणबाट हुने गरेको छ। वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययन अनुसार मानव स्वास्थ्यमा हानि पु¥याउने धुवाँ सवारीसाधनले फ्याँकिरहेका छन्। थोत्रा सवारीसाधनका कारण वायुप्रदूषण बढेको अध्ययनले देखाएको छ।

वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढकालले उपत्यकामा सबैभन्दा बढी वायुप्रदूषण (३५ प्रतिशत) सवारीसाधनले फ्याँक्ने धुवाँका कारण भएको जानकारी दिए। उनका अनुसार सवारीसाधनले फ्याँक्ने धुवाँ मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। उनले भने, ‘सवारीसाधनले फ्याँक्ने धुवाँमा प्रदूषणका कण धेरै हुन्छन्,  त्यसैले यसतर्फ सबैले ध्यान दिनु आवश्यक छ।’

ढकालका अनुसार उपत्यकामा सवारीसाधनका कारण वायुप्रदूषण फैलिएपछि मन्त्रालयले पछिल्लो समय नियमित सवारी प्रदूषण जाँच गर्न थालेको छ। बानेश्वर, थापाथली, त्रिपुरेश्वर, माइतीघर, सुन्धारा, कोटेश्वरलगायत क्षेत्रमा ट्राफिक प्रहरीसँगको समन्वयमा सवारी प्रदूषण जाँच भइरहेको छ। सवारीसाधनको बढी चाप हुने स्थानमा दैनिक प्रदूषण जाँच गर्न थालिएको छ। चारपांग्रे सवारीसाधनले धेरै प्रदूषण बढाएको पाइएको ढुंगानाले बताए। ‘हामीले सवारीसाधनबाट हुने प्रदूषण कम गर्न जाँच गरेर मात्रै पुग्दैन, थोत्रा गाडी विस्तारै हटाएर युरो चार स्ट्यान्डर्डका चलाउनुपर्छ,’ उनले भने।

वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले सातायता उपत्यकाका मुख्यमुख्य ठाउँमा सवारी प्रदूषण जाँच भइरहेको जानकारी दिए। उनले सवारीसाधनका कारण बढी प्रदूषण फैलिएको बताए। ‘काठमाडौं उपत्यकाभित्र मात्रै होइन, बाहिर पनि सवारी प्रदूषण उस्तै छ,’ उनले भने, ‘चालक र धनीले गाडीलाई सही ‘कन्डिसन’ मा नराख्दा त्यसले वातावरणसँगै मानव स्वास्थ्यमा पनि असर पारेको छ।’

वातावरणविद् भूषण तुलाधरले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै डिजेल र पेट्रोलबाट चल्ने सवारीलाई निस्तेज गर्दै अघि बढ्नुपर्ने बताए। उनले भने, ‘चालक होसियार र जिम्मेवार हुने, रुट मिलाउने, ठूला सवारी बढाउने, बिजुलीबाट चल्ने गाडीलाई प्रोत्साहन गर्दै युरो चार स्ट्यान्डर्डका सवारीसाधन भित्र्याउने हो भने सवारी प्रदूषण कम हुन्छ।’

 

 

प्रकाशित: १६ असार २०७६ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App