१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

संस्कृतिविद् जोशी सम्मानित

काठमाडौं– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको छ। 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आइतबार ललितपुरको बखुम्बहालस्थित निवासमै पुगेर जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरेको हो। नेपाल र नेपाली भाषा, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु-याएका संस्कृतिविद् जोशीलाई अभिनन्दन पत्रसहित सम्मान गरिएको प्रतिष्ठानका कूलपति के. के कर्माचार्यले बताए। 

कार्यक्रममा बोल्दै अभिनन्दित व्यक्तित्व संस्कृतिविद् जोशीले देश र जनताको हितमा केन्द्रित हुने गरी कला क्षेत्रको विकासमा जुटन ललितकलाकर्मीहरुलाई आग्रह गरे। उनले कलामा सौन्दर्य मात्र नभई मुलुकको समृद्धि, सभ्यता र संस्कृति पनि निहित हुने भएकाले त्यसमा जोड दिएर लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

संस्कृतिविद् जोशीले कला क्षेत्रको विकासबाट मुलुकको राष्ट्रिय एकतालाई पनि बलियो बनाउन सकिने स्मरण गराए। 

प्रकाशित: १५ असार २०७६ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App