१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सर्लाही - सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ । आक्रमणमा मृतकका छोरासमेत गम्भीर घाइते भएका छन् ।

मलंगवा नगरपालिका–९ स्थित आँखा उपचार केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत ३० वर्षीय अमितकुमार बैठाले घन प्रहार गरी डा. दीपेन्द्र रजककी श्रीमती सुप्रिया भारतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैठाले घन प्रहार गर्दा सुप्रियाका चार वर्षीय छोरा दिवससमेत गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे अस्पतालकै दोस्रो तलास्थित निवासमा बसिरहेको अवस्थामा बैठाले आमाछोरामाथि घन प्रहार गरेका थिए । टाउकोमा घन प्रहार गर्दा सुप्रियाको घटनास्थलमै मृत्यु भएको छ ।

टाउकोमा गहिरो चोट लागी गम्भीर घाइते बालक दिवसलाई सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले बताएको छ । हत्यामा संलग्न आरोपित बैठा अस्पतालमा कार्यरत डा. रजकका भिनाजुका भाइ भएको बताइएको छ । हत्यालगत्तै बैठा भारततर्फ भागेको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।
 

प्रकाशित: १३ असार २०७६ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App