१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

समस्या समाधान नभएसम्म संघर्ष: महतो

काठमाडौं- संघीय गठबन्धनको रिले अनसन २१ औं दिनमा प्रवेश गरेको छ। गठबन्धनले २१ दिनदेखि खुल्लामञ्चमा रिले अनसन बस्दै आएको छ।
गठबन्धनले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म रिले अनसन गर्दै आएको छ। अनसन स्थल खुलामञ्चमा सोमबार कुरा गर्दै गठबन्धनका नेतातथा संघीय समाजवादी फोरम नेपालका सांसद विरेन्द्र महतोले समस्याको समाधाननगरि मुलुक अगाडी बढ्न नसक्ने बताए। उनले जहिलेसम्म समस्याहरु हलहुँदैनन् त्यो दिन सम्म संघर्ष गरिरहने बताए।
विभिन्न चरण र प्रकृतिका आन्दोलनपछि पनि सरकारले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै संघीय गठवन्धनले रिले अनसनको कार्यक्रम थालेको थियो। संविधानको मस्यौदा बनेदेखि नै असन्तुष्ट रहेको गठवन्धनमा सहभागीदलहरु र सरकारबीच बार्ता हुन सकेको छैन।

 

प्रकाशित: १३ असार २०७३ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App