१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चेल्सी र एर्भटन विजयी

लण्डन–इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा चेल्सी र एर्भटन विजयी भएका छन्।

आइतबार राती साउथह्यामटनको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सीले २–० को जित निकालेको हो। खेलको छैठौं मिनेटमा नै इडन हेजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनको गोलमा चेल्सीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो।

खेलको दोस्रो हाफमा पनि आफ्नो दबदबा कायम राखेको चेल्सीका डिएगो कोस्टाले ५५ औ मिनेटमा आफ्नो टोलीको अग्रता दोब्बर पारेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल चेल्सीले २–० ले जित्न सफल भयो ।

हिजै सम्पन्न अर्को खेलमा एर्भटनले वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै चेल्सी १० खेलबाट २२ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ।

प्रकाशित: १५ कार्तिक २०७३ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App