१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले नियुक्त गर्‍यो ‘रअ’को नयाँ प्रमुख

नयाँदिल्ली– भारत सरकारले खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ)को प्रमुखमा सामन्त गोयललाई नियुक्त गरेको छ। सन् १९८४ को ब्याचका गोयल पञ्जाब क्याडरको आइपीएसका रुपमा कार्यरत छन्। उनी बालकोट एयर स्ट्राइकका योजनाकार पनि हुन्। 

वर्तमान प्रमुख अनिलकुमार धस्माना सेवा निवृत्त भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारले गोयललाई रअको जिम्मेवारी दिएको हो। गोयलले १९९० मा पञ्जाब उग्रवादको चपेटामा पर्दा विभिन्न अभियान चलाएर नियन्त्रणमा लिएका थिए। 

भारतीय सञ्चारमाध्यमका अनुसार आइपीएस अधिकारी अरविन्द कुमारलाई इन्टेलिजेन्स ब्यूरोको निर्देशकमा नियुक्त गरिएको छ। कुमार काश्मिर मामिलाका विशेषज्ञ हुन्। 

प्रकाशित: ११ असार २०७६ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App