१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले बनायो विस्थापित

पाँचथर– पाँचथर उत्तरी गाँउपालिका–२ फलैचाका विभिन्न  गाँउमा पहिरो जाँदा विभिन्न बस्तीका बासिन्दा जोखिममा परेर विस्तापित भएका छन्। चिङ्मा, धिमाले, सेपी, वेतेनी, मुक्लाबुङ, खोलाघारी लगायतका ठाँउमा ठाँउ–ठाउमा पहिरो गएको स्थानीयले जानकारी दिएका छन्। चिङ्मामा बढि क्षती पुगेको बताईएको छ। एक घर पुरेको र बाँकी घरलाई पहिरोले क्षती पुर्‍याएको वार्ड सदस्य हरि अधिकारीले बताए।  मानवीय क्षती भने नभएको प्रहरीले जानकारी दिएको छ। २४ परिवार भन्दा बढिलाई क्षती पुगेको प्रारम्भीक जानकारी प्राप्त भएको अधिकारीले बताए।

सडक आसपासबाट पहिरो गएको छ। यहाँका सडक अवरुद्ध बनेका छन्। यहाँका बासिन्दा भागेर सुरक्षीत ठाँउमा पुगेका छन्। यहाँको मेजर चिङ्मा लद्युजलविद्युत आयोजना समेत बगाएको छ। ‘ठाँउठाँउमा सानो ठूलो पहिरो गएका छन्, कहाँ कति क्षती भयो भन्ने खुल्न  सकेको छैन’ स्थानीय डिल्ली ओलीले  जानकारी दिए। उनका अनुसार पशु चौपाया कति बगायो भन्ने पनि यकिन छैन।

घटनाको खवर पाएपछि च्याङ्थापु र फलैचा प्रहरी चौकिबाट प्रहरी खटाईपनि घटनास्थल पुगिनसकेको पाँचथरका प्रहरी प्रमुख डिएसपि नरेन्द्र कुँवरले जानकारी दिए। भौगोलिक विकटता तथा सडक अवरुद्ध हुँदा प्रहरी पुग्न कठिन भएको उनले जानकारी दिए।

घटना स्थलमा खडिएका च्याङ्थापु प्रहरी चौकिका प्रमुख जिवन कार्कीका अनुसार ठाँउठाँउम पहिरो गएको खवर आएको छ। घटना स्थलबाट मानविय क्षती नभएपनि ठूलो समुह विस्तापित भएको जानकारी आएको उनले जानकारी दिए।

घटनाको जानकारी पाइएकाले बुझ्ने काम भईरहेका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। उद्वार र राहतका लागि टोलि र राहत समाग्रि पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

प्रकाशित: ११ असार २०७६ ०६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App