चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् । नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्वार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने बताए ।
‘पार्टी एकता गर्दा जेजे कुरालाई आधार बनाएर समझदारी गरेका छौं, हस्ताक्षर गरेका छौं, दस्तावेजीकरण गरेका छौं’, उनले भने, ‘तिनबाट पछि पछि हट्न थाल्यौं, कुनै न कुनै बहाना खोज्न थाल्यौं भने त्योभन्दा दुर्भाग्यपूर्ण केही हुनै सक्दैन ।’ सहमति र एकताको आधारबाट जोकोही अलिकति पनि विचलित हुन थाल्यो भने त्यसलाई खण्डन र आलोचना गर्नेबारेमा पार्टीमा सर्वसम्मति नै भएको उनले दाबी गरे ।
सहमति र एकताको आधारबाट जोकोही अलिकति पनि विचलित हुन थाले त्यसलाई खण्डन र आलोचना गर्नेबारेमा पार्टीमा सर्वसम्मति भएको अध्यक्ष दाहालको दाबी ।
पछिल्लो समय नेकपाभित्र पार्टीको कार्यदिशालाई लिएर विवाद बढेको छ । पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुने कि जनताको जनवाद हुने भन्ने विषयमा विवाद बढेको हो । दाहाललगायत पूर्वमाओवादी नेताहरुले जनताको जनवादलाई कार्यदिशा बनाउनुपर्ने बताउँदै आएका छन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलगायतका पूर्वएमाले नेताहरु जनताको बहुदलीय जनवादका पक्षमा छन् ।
अध्यक्ष दाहालले एकताका सहमतिलाई गम्भीरताका साथ कार्यान्वयन गरिनेमा जोड दिए । पार्टीले छिटै राजनीतिक प्रतिवेदन छाप्ने र बाँकी रहेको एकता प्रक्रिया टुंग्याउने प्रयासमा रहेको उनको दाबी छ । ‘पार्टी एकता भनेको बढो सहज, बढो सरल, आनन्दसँग बसे हुने प्रक्रिया होइन’, उनले भने, ‘यो जटिल र चुनौतीपूर्ण प्रक्रिया हो । यसलाई सफल पार्न त्याग, मेहनत, पारदर्शिता, इमानदारी र झन् ठूलो सक्रियता आवश्यक पर्छ ।’ अन्तराष्ट्रिय रुपमा तरंग पैदा गरेको पार्टी एकताले देशमा पनि सकारात्मक तरंग पैदा गरेको अवस्थामा नेपालबाट समाजवाद, समृद्धिको नयाँ मोडल र विचारको नयाँ उचाइ दिन सम्भव रहेको उनको दाबी थियो ।नेकपाको चितवन जिल्ला कार्य समितिलाई एक सय ५५ सदस्यीय बनाएर पूर्णता दिइएको छ । कार्यसमितिमा तत्कालीन माओवादी केन्द्रबाट ७५ जना र तत्कालीन नेकपा एमालेबाट ८० जना सदस्य रहेका छन् ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...
नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...
होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...
यसमा तपाईको मत