१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

वीरगन्ज– प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो। 

स्रोत नखुलेको ठूलो परिमाणमा रकम र चाँदी बरामद हुने सूचना अनुसार पुगेको प्रहरी टोलीले छापा मारिमा ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदी फेला पारेको छ। कन्हैया प्रसाद सोनार संचालक रहेको उक्त पसलबाट नगद र चाँदीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट गएको टोलीले छापा मारेको थियो। प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताए। ‘पक्राउ परेकामध्ये २ जना भारतीय नागरिक हुन, ६ जना नेपाली नै हुन’, प्रहरी उपरीक्षक राठौरले भने, ‘वीरगन्जको माईस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा हुण्डीको कारोबार हुन्छ भन्ने सूचना थियो, छापामारीमा स्रोत नखुलेको रकम पनि बरामद भयो, कच्चा चाँदी पनि फेला परेको छ।’

पक्राउ पर्नेमा रौतहट चपुरका सुर्य बहादुर, बारा चैनपुरका गुलाब साह, पर्सा रामटोलका राकेश कुमार साह, बिन्दवासनीका सुजितकुमार र चन्दन साह, भारत बिहार चेरगाँहाका राजकपुर साह र बिहार मोतिहारीका सुनिल प्रसाद रहेका छन्। प्रहरीले अवैध रकम हुण्डी कारोबारको हुनसक्ने भन्दै अनुसन्धान थालेको छ। ‘रकमको हकमा मुद्दा नै चल्छ, चाँदीको कागजात हेर्दैछौं, बैध स्रोत खुलेमा फिर्ता हुन्छ नभए त्यसमा पनि कानुनअनुसार मुद्दा चल्छ’, प्रहरी उपरीक्षक राठौरले भने।

प्रकाशित: ९ असार २०७६ १५:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App