कांग्रेस महाधिवेशन

देउवा र पौडेललाई युवा नेताको खबरदारी, पछि हटे पार्टी नै सकिने चेतावनी

सोमबार, ०९ असार २०७६, २० : १२ नागरिक संवाददाता

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४ औ महाधिवेशन नभए कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नु पर्ने भन्दै महाधिवेशनबाट पछि नहट्न पाटी सभापतिको ध्यानाकर्षण गराएका छन्। 

राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेता थापाले विधानमा नभएको कुरा नियमले परिर्वतन गर्न नपाइने भन्दै महाधिवेशनबाट पार्टी नेतृत्व पछि हट्न नमिल्ने तर्क गरे। उनले महाधिवेशन नगरि फेरि पनि भागवण्डा गरेर अन्तरिम संगठन बनाउने काम भए पार्टीले सबैभन्दा ठूलो घाटा व्यहोर्नुपर्ने चेतावनी समेत दिए।

उनले भने, ‘विधानमा यो गर्ने भनेर टुंगो लगाएको कुरालाई अहिले नियमले चेन्ज गर्न पाउँदैनौं। म सुन्दैछु नियममा चेन्ज गर्ने कुरा हुँदैछ। त्यो चेन्ज गर्ने भनेको अधिवेशन पनि नगर्ने। अन्तरिम संगठन बनाउने तर कसरी बनाउने भने काठमाडौंमा बसेर छान्ने, भागवण्डा गरेर बनाउने? यो भन्दा घाटा पार्टीको लागि अरु केही पनि हुँदैन। यो पार्टीका निम्ति प्रत्युत्पादक छ। यो गर्न पाइँदैन। यो गर्ने अधिकार पार्टी सभापतिलाई छैन। वरिष्ठ नेतालाई पनि छैन।’

नेता थापाले सम्पूर्ण कार्यकर्ताहरु महाधिवेशनमा जानुपर्नेमा भए पनि नेतृत्व नै महाधिवेशन नगराउने पक्षमा देखिएको दाबी गरे। उनले संघीय संरचना अनुसार पार्टीको तल्लो निकाय अहिलेसम्म गठन हुन नसक्नुले परिर्वतनलाई नेतृत्वले आत्मसाथ गर्न नसकेको स्पष्ट देखिएको टिप्पणी गरे। उनले वर्तमान परिवेशमा शक्तिशाली कम्युनिस्ट सरकारका गलत हर्कतको प्रतिकार गर्नका लागि मजबुत, सुदृढ र जीवन्त कांग्रेसको आवश्यकता भएको र त्यो महाधिवेशबाट मात्रै संभव हुने तर्क गरे।

उनले सरकारका गलत कार्यविरुद्ध सडकको तागतलाई सदनसँग एकाकार गर्नका लागि बैचारिक दृष्टिले पनि कांग्रेस स्पष्ट हुनु आवश्यक रहेको बताए।

अर्का नेता प्रदीप पौडेलले कमिसनलाई बैधता दिने, वाइडवडी विमान प्रकरण, बालुवाटार जग्गा र टुँडिखेल लगायत विरुद्ध कांग्रेसले सदनमा सशक्त  आवाज उठाउन नसकेको टिप्पणी गरे। जनताको प्रत्यक्ष सरोकार राख्ने विषयलाई सदनमा शसक्त ढंगले उठाउन सक्ने हो भने नेपाली जनताले सडकमै उठेर कांग्रेसलाई समर्थन गर्ने दाबी गरे।

नेता कृष्णप्रसाद सिटौला पक्षले सोमबार राजधानीमा समसामयिक राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको भूमिका विषयमा गरेका अन्तरक्रियामा गगन  र प्रदीपले महाधिवेशनलाई लिएर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडललाई खबरदारी गरेका हुन्।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad