२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अटोमेटिक पेस्तोलसहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

हतियारसहित पक्राउ परेका विप्लव समूहका कार्यकर्तालाई सार्वजनिक गरिँदै । तस्बिरः नागरिक

विराटनगर–हतियारसहित मोरङमा तीनजना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा–१२ का अशोक राई, कानेपोखरी–६ का कंश धिमाल र उर्लाबारी–२, सालबारीका केन्द्रलाल धिमाल छन्।

अशोक र कंशलाई बेलबारी–३ स्थित स्कुल डाँडाबाट र केन्द्रलाललाई उर्लाबारी–२, सालबारीस्थित आफ्नै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कंशको घरमा लुकाइ राखेको अटोमेटिक पेस्तोल दुई थान, त्यसमा प्रयोग हुने म्यागजिन चार थान र गोली १४ राउण्ड बरामद भएको छ। यस्तै केन्द्रलालको घरमा लुकाई राखेको तीन नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद, छर्रा, नटबोल्ट, केपवासर, पुल्थ्रोमा प्रयोग भएको कपडालगायतका सामग्री बरामद भएको छ।

पक्राउ परेकाहरूमध्ये कंश २०६६ सालमा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा डाँका मुद्दा चलाएको, दमकको लक्ष्मी बैंक लुटपाटको घटनामा सात वर्ष कैद भुक्तान गरेको व्यक्ति भएको मोरङ प्रहरी प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए। पक्राउ परेका व्यक्तिहरूलाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ९ असार २०७६ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App