१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पूर्व सल्लाहकारले खुलासा गरे पिट—जोली डिभोर्सको कारण

हलिउड जोडी ब्राड पिट र एन्जेलीना जोली अलग हुने निर्णयसँगै उनीहरुको सम्बन्धका विविध पाटामाथि टिप्पणी र दाबी भइरहेका छन्। क्रिस हेर्रजोङले एक हलिउडको चर्चित यो जोडीको सल्लाहकार थिए। सात वर्षसम्म उनी सल्लाहकारको भूमिका रहे।

पिट र जोलीको आनीबानीबारे उनले नयाँ खुलासा गरेका छन्। पिटले आफ्ना सन्तानलाई कुटपिट गर्ने गरेको समाचार आइरहेका बेला उनले भनेका छन्, ‘यदि पिटले आफ्ना छोराछोरीमाथि हात उठाएको भए जोलीले यसअघि नै पिटको हत्या गरिसकेकी हुन्थिन्। त्यसैले यो समाचार सरासर झुटो हो।’

पिटको विवाह अघिदेखि नै पार्टीमा राती अबेरसम्म नसामा झुमेर रम्ने बानी थियो विवाहपछि उनी सुध्रने आशा थियो। त्यो कहिले पूरा भएन र त्यसको मुल्य आज उनी जोलीसँग छुटिएर चुकाउँदैछन्।

यस अघि पिटले आफ्नो १५ वर्षका छोरा म्याडक्सलाई आफ्नो निजी जेटमा रहेको बेला रिसाएर हातपात गरेको खबर बाहिर आएको थियो। त्यसपछि जोलीले पिटसँग पारपाका चुकेको मुद्दा दर्ता गरेको अनुमान धेरैले गर्दै आएका छन्।

पिटले मादक पदार्थ सेवन गर्ने गरेको भए तापनि आफ्नो रिसको आवेगमा छोराछोरीमाथि हातपात नगरेको क्रिसले दाबी गरे। ‘पिट कहिले कहीँ नशाको सुरमा रिसले चुर हुन्थे तर उनले आफ्नो छोराछोरीमाथि कहिलै हात उठाएको मैले देखिनँ। पिटले अन्य मानिससँग पनि कहिलै रुखो व्यवहार गर्दैैनथे’, उनले भने।

पारपकाचुके हुनु अगाडिसम्म ब्राएन्जेलीनालाई हलिउडकै एक महान जोडिको रुपमा हेरिन्थ्यो। उनीहरु १२ वर्ष जोडीका रुपमा रहेका थिए। गत महिना उनीहरुको  डिर्भोस हुने खबरले धेरैलाई अचम्मित तुल्याएको छ।

जोलीले पिटलाई अर्की हलिउड अभिनेत्री  मारियोन कोटिल्लार्डसँग अफयेर चलेको र आफ्ना छोरोछोरीप्रति रुखो व्यवहार गरेको भन्दै  डिर्भोसका लागि मुद्दा दर्ता गरेकी थिइन्। एन्जेलीनाले आफूले पटक पटक पिटलाई  सुर्धान आग्रह गरेको तर उनले आफ्नो भनाइको बेवास्ता गरेकाले डिर्भोस दिन लागेको समेत बताएकी थिइन्।

जोलीले पिटलाई उनको पार्टीमा रमाउने बानी त्याग्न आग्रह गरेको तर पिटले यसलाई नमानेको भने क्रिसले स्वीकार गरे। ‘पिटको विवाह अघिदेखि नै पार्टीमा राती अबेरसम्म नसामा झुमेर रम्ने बानी थियो विवाहपछि उनी सुध्रने आशा थियो। त्यो कहिले पूरा भएन र त्यसको मुल्य आज उनी जोलीसँग छुटिएर चुकाउँदैछन्’, उनले भने।

पिटले अझै पनि आफ्ना छोराछोरीको मानसिकतामा असर पर्ने र यसले उनीहरुको भविष्यमा अन्धकार बनाउने भन्दै मिलेर बस्न जोलीलाई आग्रह गरेको तर जोलीले उनको आग्रह नमानेका दाबी समेत गरे।
 

प्रकाशित: १४ कार्तिक २०७३ ०९:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App