१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

मनोरञ्जन वा काम जे होस् मोबाइलको प्रयोग विश्वव्यापी रुपमै बढ्दो छ। यसले कामलाई सहज बनाएको भन्ने बलियो तर्क सधैँ अघि देखिन्छ। तर मोबाइल फोनको प्रयोगका कारण युवा पुस्तामा रात्री ननिँदाउने गम्भीर समस्या रहेको एउटा अध्ययनले औंल्याएको छ। मोबाइलले निन्द्रा कटाैती हुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको हो।

सो अध्ययनका अनुसार विगतको युवापुस्ता भन्दा अहिलेका युवायुवतीहरु कम सुत्ने,रातको समयमा धेरै समय फोनमै व्यस्त रहने र दिनको सयममा धेरै सुत्ने बानी बढ्दै गएको छ।

अहिलेका किशोर किशोरी सुत्नु अघि फोनको प्रयोग धेरै गर्छन्। कुराकानी गर्ने, सन्देश आदान–प्रदान गर्ने तथा समाजिक सञ्जालमा रमाउने भएकाले युवापुस्ताको निन्द्रामा समस्या पर्ने गरेको अनुसन्धानको निष्कर्ष छ।

क्यानडाको मोन्टेरोल विश्वविद्यालयले गरेको सो अध्ययनअनुसार अहिलेको युवा जमात् सामाजिक सञ्जालमा निर्भर छ। इन्टरनेटका विविध आयामसँगै सामाजिक सञ्जाललाई जीवनशैली बनाउँदा उनीहरुको आराम गर्ने समय घट्दै गएको हो। युवामा देखिएको यो प्रवृत्तिलाई एउटा संयोग मात्र भनेर पन्छिने नलिम्ने शोधकर्ताहरुको जनाएका छन्।

अध्ययनअनुसार अहिलेका किशोर किशोरी सुत्नु अघि फोनको प्रयोग धेरै गर्छन्। कुराकानी गर्ने, सन्देश आदान–प्रदान गर्ने तथा समाजिक सञ्जालमा रमाउने भएकाले युवापुस्ताको निन्द्रामा समस्या पर्ने गरेको अनुसन्धानको निष्कर्ष छ।

मोन्टेरोल विश्व विद्यालयका अध्ययन प्रमुख जेनिफर ओ लोङलिनले भनिन् ‘अहिलेको युवापुस्ता सुत्नु अगाडि विभिन्न बाहानामा मोबाइल फोनमा झुन्डिन्छ। यसको अर्थ हो मोबाइल अहिले मानिसको जीवनको अभिन्न अंग भएको छ। परिणामस्वरुप रात्रीको निदाउने समय बर्बाद हुन्छ।’

उक्त अध्ययनमा १४ देखी १६ वर्ष उमेर समुहका १२ सय विद्यार्थी सहभागी भएका थिए। अध्ययनका अनुसार दैनिक २ घण्टा वा २ घण्टा भन्दा बढी समय मोबाइल चलाउने बालबालिकाहरु अन्य बालबालिकाको तुलनामा ११ देखि १७ मिनेट कम सुत्ने गरेको पाइएको जनाएको छ। अध्ययनका अनुसार प्रत्येक ३ जना बालबालिका मध्य १ जनाले सुत्नु अगाडि मोवाइल तथा अन्य भिडियो गेम चलाउने गरेको र उनीहरु दैनिक ८ घण्टा भन्दा कम समय सुत्ने देखाएको हो। मोवाइल तथा भिडियो गेम र सामाजिक सञ्जाल नचलाउने युवायुवती भने दैनिक ८ घण्टा सुत्ने गरेको देखाएको छ।

न्युमर्स एल्फर्ड एल डु पोइन्ट  अस्पतालकी निर्देशक क्रिस्टीना कालामारोले भनिन् ‘अहिलेको युवापुस्तामा मोबाइल चलाउनेको संख्या बढ्दो रहेको छ जसले गर्दा उनीहरुको निन्द्रामा गम्भीर असर परिरहेको छ। यसले उनीहरुमा डिप्रेशन,मोटोपन लगायतका समस्या उत्पन्न भएका छन्।’

यस्ता समस्याबाट आफ्ना बालबालिकालाई जोगाउन अविभाावकले आफ्नो बालबालिकाले कति समय मोबाइल, सामाजिक सञ्जाल तथा भिडियो गेम खेल्छन् भन्ने कुरामा ध्यान दिएर समस्यालाई सम्बोधन गर्नुपर्ने उनले सुनाइन्।

 

प्रकाशित: १४ कार्तिक २०७३ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App