१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

जिस्टारले जित्यो फ्रेन्डसिप कप

दुलेगौँडा(तनहुँ)– चौथो संस्करणको फ्रेन्डसिप कप सेभेन ए साइड फुटबलको उपाधि जिस्टार एफसी बेलचौतराले जितेको छ। बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक फ्रेन्डसिप युथ क्लब(रातो) लाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दे जिस्टारले उपाधि जितेकोे हो। 

उपाधि विजेता जिस्टारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ। उपविजेता बनेको आयोजकले नगद ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो।

खेल अवधिभर जिस्टारले फ्रेन्डसिपलाई दबाबमा राखेको थियो। पहिलो हाफको २० औँ मिनेटमा जिस्टारका कान्छा गुरुङले गोल गरेर टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा गोल गर्ने केही राम्रा अवसर पाए पनि जिस्टारले सदुपयोग गर्न सकेन्। खेल सकिन ३ मिनेट मात्र बाँकी रहँदा फ्रेन्डसिपका अनुज भण्डारीले गोल गरेर टिमलाई हारबाट जोगाउने प्रयास गरे पनि सफल भएन्। निर्धारित समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा फ्रेन्डसिप पराजित भएको हो।

फ्रेन्डसिपका किरन मगर उत्कृष्ट खेलाडी र प्रतिक श्रेष्ठ उत्कृष्ट गोल रक्षक, जनसेवा युवा क्लब गणपती अनुशासित टिम र जनसेवाकै समिप राना सर्वाधिक गोलकर्ता घोषित भए। 

विजेता समूह र खेलाडीलाई प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष प्रध्यापक डाक्टर चन्द्रबहादुर थापाले पुरस्कृत गरे। जेठ ३२ गते सुरु भएको प्रतियोगितामा २७ समूहको सहभागिता रहेको आयोजकले जनाएको छ।  

प्रतियोगिता अन्तर्गत बिहीबार सेमीफाइनल समीकरणका लागि भएको एउटै खेलमा ५५ गोल भएको थियो। क्वार्टरफाइनल अन्तर्गतको तेस्रो खेलमा उपाधि विजेता जिस्टार र जनसेवा युवा क्लबबीचको खेलमा दुवै समूहले निर्धारित समय र पेनाल्टी सुटआउटमा गरेर ५५ गोल गरेका हुन्। 

प्रकाशित: ८ असार २०७६ १४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App