१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘क्यानको निलम्बन अर्काे महिना फुकुवा हुने’

काठमाडौं– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दाबी गरेका छन्। 

रिपोर्टर्स क्लबमा आइतबार आयोजित साक्षात्कारमा सदस्य सचिव विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने दाबी गरे।

सोमबार सेवानिवृत्त हुन लागेका विष्टले कार्यकाल दोहोरिए आइसिसीको मुख्यालयमै पुगेर निलम्बन फुकुवाको पहल गर्ने बताए। क्यानमा देखिएको विवाद लामो समयसम्म जारी रहेकोमा असन्तुष्ट व्यक्त गर्दै उनले अब पनि समाधान नभए सरकारसँग आग्रह गरेर नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्नेमा पनि उनले जोड दिए।

केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको भन्दै उनले आफ्नो कार्यकालमा क्यान निलम्बनमा पर्नु दुर्भाग्यपूर्ण भएको बताए। क्यानको विवादित कमिटीले अदालतमा मुद्दा दायर गरेर समस्या सामाधानमा अवरोध गरेको विष्टको आरोप छ। 

सदस्य सचिव विष्टले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै गर्न नेपाल सक्षम रहेको दावी गरे। विगतमा पटक पटक मिति सार्नुपर्ने बाध्यता आइपरे पनि अब भने आगामी डिसेम्बर एकदेखि प्रतियोगिता सुरु हुने विष्टको जिकिर छ। प्रतियोगिताको लागि आवश्यक सबै भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको पनि विष्टले बताए। 

धुर्मुस सुन्तलीले रंगशाला बनाउने तपाईहरु नसक्ने भन्ने पत्रकारको प्रश्नमा विष्टले यस्तो सोच्नु अल्पज्ञान भएको बताए। सरकारका तर्फबाट दर्जनौँ रंगशाला बनिरहको दावी गर्दै उनले कुनै एउटा रंगशाला निजी क्षेत्रले बनाउँदैमा आफूहरुले केही पनि नगरेको भन्ने सोच नराख्न उनले आग्रह गरे। 

कार्यक्रममा विष्टले सदस्य सचिवका रुपमा आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सुनाएका थिए। 

प्रकाशित: ८ असार २०७६ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App