१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदमा सत्ता र प्रतिपक्षीबीच जुहारीः ‘झुटप्रसाद’ ओली भर्सेस ‘छेरबहादुर’ देउवा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा सत्ता र प्रतिपक्षी सांसदबीच जुहारी भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले केपी शर्मा ओलीको सरकारले काम नगरेर झुटा आश्वासन बाँडेकाले प्रधानमन्त्रीलाई ‘कर प्रसाद, झुट प्रसाद ओली’को उपनाम दिए। 

जवाफमा सत्तारुढ सांसदले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ‘छेरबहादुर देउवा’को उपमा दिए। 

उमाकान्त चौधरी – सांसद, नेपाली कांग्रेस

यो सरकारले मूल्यांकन र प्रशंसाको क्षेत्रमा कुनै काम गर्न सकेको छैन्। काण्डै काण्डमा फसेको छ। सिण्डिकेट अन्त्य होइन संरक्षण गरेर झुट सावित भएको छ। 

जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएका प्रधानमन्त्रीको सरकारको कामकारवाही हेर्दा उहाँले सधै झुट बोल्ने, झुटको आश्वासन दिने, खेती गर्ने गरेकाले उहाँको नाम झुटप्रसाद ओली उपमा दिनमा केही फरक पर्नेवाला छैन। 

झपट रावल – सांसद, नेकपा

प्रधानमन्त्रीको नाम विगारेर, बंग्याएर करप्रसाद, झुटप्रसाद उच्चारण गरेकोमा हाम्रो आपत्ति छ। हामीले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई छेरबहादुर देउवा भने के हुन्छ? संसदमा भाषा सभ्य हुनुपर्छ। असभ्य र अमर्यादित शब्द रेकर्डबाट हटाउनुपर्छ।

प्रकाशित: ८ असार २०७६ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App