१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी

काठमाडाैं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गरेका छन्।

शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा उनीहरु बीच इरानका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन्। मध्यपूर्वमा शान्ति स्थापनाका लागि साउदी अरब र इरानको सम्वन्धमा सुधार ल्याउने बारेमा उनीहरुले कुराकानी गरेका थिए। साथै विश्व बजार र अन्य समसामायिक विविध विषयमा पनि छलफल गरेकाे भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसद्धारा जारी वक्तव्यमा उल्लेख छ।

अमेरिकाले इरानी आकाशमा ड्रोन पठाएको भन्दै इरानले विरोध जनाएपछि इरानका अमेरिकाका बीचमा विवाद चर्किदै गएको छ। इरानी आकाशमाथी उठाइएको एउटा ड्रोन केहीदिन अगाडी इरानले खसाली दिएको थियो। आफ्नो आकाशमाथी आएकाले खसालिदिएको इरानले बताएको छ भने अमेरिकाले अन्तर्राष्ट्रिय आकाशमै रहेका बेला ड्रोन खसालीएको आरोप लगाएको छ।

अमेरिका र इरानका बीचमा यही विवाद चर्किरहेका बेला अमेरिकी राष्ट्रपति ट्रम्प र साउदी अरबका युवराजबीच कुराकानी भएको हो। रासस

प्रकाशित: ७ असार २०७६ ०८:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App