१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुई लागूऔषध कारोबारी प्रकाउ

लागु औषधसहित प्रकाउ परेका दुई युवा । तस्बिरः नागरिक

दुलेगौँडा(तनहुँ)–आँबुखैरेनीबाट दुई जना लागूऔषध कारोबारी प्रकाउ परेका छन्। शुक्रबार लागूऔषध कारोबार भइरहेको सूचना पाएपछि गस्तीमा गएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका–३ का २७ वर्षिय सुमन नेपाली र वडा नम्बर–२ का ३० वर्षिय सुमन नेपालीलाई लागूऔषसहित प्रकाउ गरेको प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले बताए।

लामिछानेका अनुसार उनीहरुको साथबाट ८६ एम्पुल नुर्फिन, ८४ एम्पुल फेनरागन र ८९ एम्पुल डाइजापाम गरी २ सय ५९ एम्पुल लागूऔषध बरामद गरिएको छ। इन्जेक्सन, टेप, नगद र मदिराजन्य बस्तुसमेत बरामद भएको छ। ‘उनीहरुको शरिर खानतलासी गर्दा लागुऔषध फेला प-यो’, उनले भने, ‘प्रकाउ परेकाहरु माथि थप अनुसन्धान भईरहेको छ।’

 

प्रकाशित: ६ असार २०७६ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App