१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एउटै खेलमा ५५ गोल !

नमुना युवा क्लब गणपतेको टोली । नमुनाले कुल २७ गोल गरेको थियो । तस्बिरः नागरिक

दुलेगौँडा (तनहुँ)– बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा चौथो संस्करणको फ्रेन्डसिप कप सेभेन ए साईड फुटबल जारी छ। फ्रेन्डसिप युथ क्लबद्धारा आयोजित प्रतियोगितामा बिहीबार सेमिफाईनल समिकरणका लागी भएको एउटा खेलमा ५५ गोल गरेका छन्।

क्वाटरफाइनल अन्तर्गतको तेस्रो खेलमा जिस्टार फुटबल क्लब बेलचौतारा र जनसेवा युवा क्लब गणपतीबीचको खेलमा दुबै समूहले निर्धारित समय र पेनाल्टी सुटआउटमा गरेर ५५ गोल गरेका हुन्। खेलको १५ औँ मिनेटमा जिस्टारका कान्छा गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले दिलाएको अग्रता पाँच मिनेट बढी टिक्न पाएन्। २० औं मिनेटमा जनसेवाका सुजन भुजेलले गोल फर्काउँदै बराबरी बनाए।

निकै प्रतिष्पर्धात्मक बनेको खेलको निर्धारित समयमा दुबै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा २७–२६ गोलअन्तरले जनसेवालाई पराजित गर्दै जिस्टार सेमिफाइनल प्रवेश गरेको हो।
बिहीबारको क्वाटरफाइनल खेलमा विजयी हुँदै आयोजक फ्रेन्डसिप युथ क्लब (रातो), नमुना फुटबल क्लब गाछेपानी र दोभान युथ क्लब दोभान सेमिफाइनल प्रवेश गरेका छन्।

नमुनाले डिजी स्पोर्टस दुलेगौँडालाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गरेको हो। दोभानले नवप्रवात युवा क्लब मालेबगरलाई १–० गोल अन्तरले पाखा लगायो भने आयोजक फ्रेन्डसिप(रातो)ले समरजंग जिके बुढीबजारलाई १–० गोल अन्तरले पराजित गरेर सेमिफाइनल यात्रा सुरक्षित गरेको छन्।

शुक्रबार फ्रेन्डसिप (रातो) र दोभान तथा जिस्टार र नमुना फाईनल यात्राको लागी आमने सामाने हुनेछन्।  प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसँगै कप, मेडल र प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको फाईनल खेल शनिबार हुनेछ।

प्रकाशित: ५ असार २०७६ १५:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App