कोसीमा डुबेर दुइ बालक बेपत्ता

बुधबार, ०४ असार २०७६, १८ : ०० महेश्वर चामलिङ राई

उदयपुर– उदयपुर र खोटाङको सीमा भएर बग्ने दुधकोसीमा डुबेर उदयपुरका दुई बालक बेपत्ता भएका छन्। बुधबार बिहान पौडी खेल्न कोसी पसेका जिल्लाको लिमचुङबुङ गाउँपालिका–१ बाँसबोटेबुत्कुका १४ वर्षीय प्रविण राई र १६ वर्षीय आसन राई डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्।

गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार बेपत्ता हुने आसन यसै वर्षको एसइइ परीक्षा दिएर नतिजाको पर्खाईमा रहेका थिए। अर्का प्रविण कक्षा ८ मा अध्ययनरत रहेको बताइएको छ। पौडी खेल्न गएका बालकद्वय कोसीमा डुबेर बेपत्ता भएको खबर पाएर प्रहरी र स्थानीयको टोली खोजी कार्यमा जुटेको गाउँपालिका अध्यक्ष राईले बताएका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बालकद्वय बेपत्ता भएको पुष्टि गरे। उनले डाँडामा घर भएका उनीहरु बेँसी खेतमा गोठमा बस्दै आएको र नुहाउन तथा माछा मार्न जाँदा डुबेर बेपत्ता भएको बताए। डुबेर हराएको खबर आएलगत्तै दिउँसो ३ः३० बजेदेखि उनीहरुको खोजीमा इप्रका लिमचुङबङ र जिल्लाको टोली खटाइएको एसपी मगरले बताएका छन्।

केही दिनयता अत्याधिक बढेको गर्मीले पहाडी भेगमासमेत जनजीवन प्रभावित पार्न थालेको छ। लामो समयदेखि पानी नपर्दा पहाडी भेगमा लगाइएका अन्नबाली खडेरीले सुकाउँदै गएको र कतिपय गाउँमा खानेपानीको अभाव झेल्ने स्थानीयहरु कोसीको पानी खान, कोसीमै नुहाउन र लुगा धुन जान बाध्य हुँदा यस्तो घट्ना हुन पुगेको हो।





यसमा तपाईको मत

अन्य समाचार

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंकद्वारा जेबिल्स फाइनान्स लि. प्राप्ती

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (NIBL)ले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ। ...

Ncell Footer Ad