१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्यालय फिको सट्टामा खाली बोतल

नाइजेरिया - लावस शहरको एक निजी स्कुलले शैक्षिक शुल्कको सट्टामा प्लास्टिकको खाली बोतल वा झोला लिन थालेको छ।

यसकालागि विद्यार्थीले विद्यालय जाँदा प्लास्टिको झोलामा पुराना खाली बोलतहरु लैजानु पर्ने छ।

यसरी लगेको बोतल र प्लास्टिकको तौलको आधारमा मूल्य निर्धारण गरि विद्यालयले विद्यार्थीको मासिक फिस घटाउने गरेको छ।

एक अभिभावकले भने–‘स्कुलको यस कार्यबाट हामीलाई आर्थीक राहत मिलेको छ, हाम्रो शहर पनि सफा भएको छ र हाम्रा बालबालिकाले आफ्नो वरिपरिको वातावरण सफा खाख्नुपर्छ भन्ने सिकेका छन्। विद्यालयको यस कार्यबाट हामी अत्यन्तै खुसी छौ।’

विद्यालयका अनुसार यो योजना ल्याएपछि विद्यार्थीको संख्या बढेको छ, उनीहरु अझै अनुशासित भएका छन्। अन्य विद्यालयले पनि यसको सिको गरेका छन्। यस कार्यका लागि लावस नगरले विद्यालयलाई सहयोग गरेको छ।

करिब ३० लाख जनसङख्या रहेको लावसको अजेनगु इलाकाको एक निजी स्कुलले यो योजना ल्याएको हो।

 

 

  

प्रकाशित: १ असार २०७६ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App