१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानको फराहमा भिडन्त

फराह– अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन्।

प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन्। सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन्। सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले सैनिक कारबाही जारी रहने स्पष्ट पारे।

हिंसाबाट प्रताडित फराह प्रान्तमा तुलनात्मक रुपमा तालिबानी लडाकूको प्रभाव धेरै छ। उक्त घटनाका बारेमा तालिबानीका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन। रासस

प्रकाशित: २६ जेष्ठ २०७६ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App