संघर्ष

पारलिंगीको संघर्ष कथा

शनिबार, २५ जेठ २०७६, ११ : ३१ शुष्मा बराली

बाल्यकालका सम्झँदा जोकोहीलाई फेरि बाल्यकालमै फर्कन पाए हुन्थ्यो भन्ने लागेता पनि रुक्शानालाई त्यस्तो कहिल्यै लागेन। विद्यार्थी जीवन सम्झँदा उनको मुटु पोल्छ, बालापन सकसमा बिताइन् उनले। उनलाई कहिल्यै बस्न मन लागेन। विद्यालयमा साथी र आफन्तबाट हुने मानसिक टर्चर सामना गर्नुभन्दा घरमै बस्नु ठिक लाग्थ्यो उनलाई। तर, त्यसरी बस्न पाउँदिनथिन्।

जन्मँदा पुलिंगी ठानिएको भएर परिवारले छोरा भनिदियो उनलाई। समाजले छोरालाई निर्धारण गरेको पहिरन र कामको तय भयो। तर, रुक्शाना समाज र परिवारको अपेक्षाभन्दा बिल्कुल फरक थिइन्। उनलाई सानैदेखि केटीको  पहिरनमा रुचि थियो। ‘त्यतिबेला म ललिता मिसको नक्कल गर्थें। लङ स्कर्ट लगाएर कम्मर मर्काउँदै हिँड्थे,’ अहिले सम्झँदा पनि रमाइलो मान्छिन्।

नामुद भाषाविद् बन्ने सपना बोकेकी पारालिंगी रुक्शाना कपाली विद्यावारिधि गरेर नामको अगाडि डा. लेख्न चाहन्छिन्।

जब उनी कक्षा ६ मा पुगिन्। केटाकेटी भनेर छुट्टयाउन थालियो। उनी दोधारमा परिन्। केटाको साथी केटा मात्र हुने, केटीका केटी मात्र। उनीहरूको गफ फरक, लगाउने र हिँड्ने तरिका फरक भएको थाहा भएपछि रुक्सानाले केटाकै हाउभाउ गर्न थालिन्। उनको फरक हाउभाउले वरपरका साथी, छिमेकी, आफन्तलाइ भने असर गर्यो।

‘एक दिन मेरो साथीले केटा भएर पनि कस्तो केटी जस्तो व्यवहार गर्छस्, कस्तो केटी जस्तै हिँड्छस् भन्यो,’ उनले सुनाइन्। त्यो बेलासम्म केटा र केटीको हिँडाइमा हेक्का नराखेकी उनी मंगलबजारको बाटोमा बसेर केटाकेटीको हिँडाइमा फरक के छ भनी पत्ता लगाउन थालिन्। बोल्दा, हिँड्दा, घरमा काम गर्दा सबैले ‘छक्का’ (हेपेर) जस्तो व्यवहार किन गरेको जस्ता प्रश्नको सामाना गर्नुपथ्र्यो उनले। कक्षा ६ देखि नै नकारात्मक प्रतिक्रिया सुन्नु प¥यो उनले। बालापनको इमोस्नल अत्याचार सम्झँदा अझै भक्कानीन्छिन् उनी। पढाइमा भन्दा पनि अरुको लाल्छना, अरुले जिस्काउने कुराबाट कसरी बच्ने भन्नेमै उनको ध्यान जान थाल्यो।

उनी एक्लै बस्न थालिन्। नचाहिने टिप्पणी सुनेर उनले आफूलाई केटाजस्तै बनाउन कोसिस गरिन्। अरुका लागि केटा बन्ने कोसिसमा लागिन्। ठूलो चप्पल, एउटा कानमा टप र जेल लगाएर कपाल ठाडो पार्नेसम्म गरिन्। कक्षा ८ र ९ मा पुगेपछि उनले शारिरीक परिवर्तन भएको महसुस गरिन्। टिनएजको बेलामा हर्मोनको वृद्धिसँगै शारीरिक बनावटमा परिवर्तन आउँदा उनी झन् आफू के हो कस्तो भन्नेमा रनभुल्लमा परिन्।

त्यही समय कलाकार सन्तोष पन्तका छोरा लिंग परिवर्तन गरी छोरी भएको भाइरल समाचार उनले थाहा पाइन्। ‘त्यो समाचार पढ्दा मलाई क्या छोयो, यो त मसँग सम्बन्धित जस्तो छ भन्ने लागेर ट्रन्सजेन्डर भन्ने शब्दका बारेमा बुझ्न  चासो लाग्यो,’ उनले भनिन्। रुक्शानाका लागि ‘ट्रन्सजेन्डर’ भन्ने शब्द नयाँ थियो र उनीसँग सम्बन्धित भएकाले बुझ्नु आवश्यक पनि थियो। ‘म यो शब्द बुझ्न मंगलबजारको साइबर धाउन थाले,’ उनले भनिन्। गुगलबाटै ट्रान्सजेन्डरका बारेमा, आफू के हुँ, पुरुष र महिला भन्दा अलग किन छु ? लगायत एलजिबिटी आईको बारेमा जानकारी पाएको उनी बताउँछिन्। कक्षा ८ मा हुँदा नै एलजिबिटी आईको बारेमा थाहा पाएकी

उनी शारीरिक बनोट र यसका बारेमा बुझ्न घन्टौं साइबरमा बिताउन थालिन्। उनलाई दुव्र्यवहार गर्ने क्रम रोकिएको थिएन। साथीहरूको अत्याचार सहनै नसकेपछि अति भएर सबै कक्षाका साथीलाई थर्काएको, अपशब्द प्रयोग गरेर गाली समेत गरिन् उनले। ‘मैले कक्षामा सबैलाई मज्जाले गाली गरे, एकछिनको लागि सबै शान्त भए, केही मसँग डराए पनि तर टर्चर र नचाहिने कमेन्ट भने झन डबल भयो।’ आफ्नो उमेरको ट्रान्स कोही नभेट्दा, यसबारे सबैलाई जानकारी नहुँदा सानै उमेरमा अनगिन्ती पल एक्लै बिताएको उनी सम्झिन्छिन्। स्कुलमा भएको वक्तृत्वकला प्रतियोगितामा लैगिंक समानताको विषयमा बोल्नुपर्ने थियो। ‘लैंगिकताको कुरा गर्दा मैले त्यो समय एलजिबिटीको कुरा पनि मिसाइदिए, सबै जनाले लाजको कुरा गर्यो भनेर हाँसेका थिए,’ उनले सम्झिइन्।

कक्षा १० मा हुँदा त धेरै नै तनाव भयो। अत्याचारले चरम सीमा नाघ्यो। मानसिक मात्र नभएर शारीरिक तनाव बढेको उनले बताइन्। ‘त्यो सानो उमेरमा मलाई सहयोग गर्ने, मसँग साथी बन्ने कोही थिएन,’  उनले भनिन्। कक्षा १० को भयाभह घटनाले उनलाई झस्काई रहन्छ। आफू को हुँ के मन पर्छ भन्ने थाहा भएपछि उनले केटीको पहिरन र मेकअपका सामान लुकेर किनिन्। मेकअप अनुहारमा नक्कली कपाल टाउकोमा भिरेर, स्कर्ट लगाएर हिँडेको स्कुलका प्रिन्सिपलले देखे। स्कुल गएपछि परिक्षाका बेलामा कपाल समातेर सबै विद्यार्थीका अगाडि गाली गर्दै ताने।

‘त्यो घटनापछि म प्रिन्सिपलका सामु जाने कहिल्यै आँट आएन। मन पनि लागेन। सकेसम्म लुक्न खोज्थे,’ उनको बालापन शारीरिक रूपमा मात्र नभई भावानात्मक रूपमा पनि दुःखमा बित्यो।   उनको भावना, उनलाई के मन पर्छ भन्ने कुरा परिवारलाई थाहा थिएन। परिवारसँग खुल्न रुक्शानाले शब्दको प्रयोग गरिनन्। एक दिन हजुवुवाको जन्मदिन मनाउँदा सबै आफन्त, नातेदार जम्मा भएका बेला केटीको पहिरनमा सजिएर सबै सामु आइन्। ‘सबैजना यो के लगाएको भनेर वाल्ल परे,’ उनले भनिन्। सुरुमा घरमा भन्दा धेरै दुःख भयो। विगत सम्झिदै उनी भन्छिन्, ‘एक महिना पाटन अस्पताल राखे सब ठिक हुन्छ भनेर घरमा सल्लाह नि दिए, इलेक्ट्रिक सक देउ, खाना नदेउ समेत भन्न भ्याए।’

एक आफन्तले भोजमा निम्तो गर्दा तिम्रो छोरो नल्याऊ अरु परिवार सबै आउ भनेको सम्झँदा समेत नरमाइलो लाग्छ उनलाई। छर–छिमेक र वरपरका मान्छेले बाबुआमालाई सम्झाएपछि केही सहज भएको अनुभव भयो। यस विषयमा पढाउन, सिकाउन थालेपछि वातावरण विस्तारै सहज हुँदै गयो। ‘कक्षा ९ बाट कक्षा १० सम्म एक वर्षसम्म बुबाले मेरो मुख पनि हेर्नु भएन,’ उनी भन्छिन्, ‘अहिले बुबाले त्यो कुरामा अपसोच गर्नु हुन्छ, बेलैमा बुझिनँ भनेर माफी माग्नु हुन्छ।’

आज सबैको व्यवहार सहज र सरल पाउँदा खुसी लाग्छ उनलाई। ‘आत्तिनु हुँदैन सम्झाउन सक्नुपर्छ, समाजसँग डटेर आफूजस्तो त्यस्तै बाँच्न सक्नुपर्छ,’ उनले भनिन्।एसएलसी दिदाँको समयमा आफुलाई सबैको सामु प्रस्तुत गर्दा भित्रैबाट खुसी महसुस गरेकी उनी ९ कक्षामा पढ्दा नै शारिरीक परिवर्तनको लागि हर्मन खान सुरु गरि सकेकी हुन्। ‘स्कुल जान नपरेपछि पंख फिजाएर उड्न लागेको चरी जस्तै महसुुुस गरेर खुसीले चिच्याए’ उनले भनिन्।

शारिरीक रुपमा बिस्तारै परिवर्तन भएको समयमा प्लस टु पढ्नलाई निकै डराई डराई कलेज खोजेको उनले सुनाइन्। उनी भन्छिन्, ‘म ट्रान्सजेन्डर हो, मलाई एड्मिसन गरिदिनु भन्दा कलेजका प्रिन्सीपलले तिमी विद्यार्थी हो, पढ्ने काम गर, कसैले गर्दा समस्या पर्छ, विभेद गर्छ भने मलाई भन भनेपछि आमा र मेरो खुसीको सीमा नै थिएन।’

रुक्शाना कपालीको नाममा प्लस टु मा मानविकीमा भर्ना भएपछि उच्च शिक्षा अगाडि बढ्यो। कसैले जिस्काउने र टर्चर दिने हिम्मत गरेनन्। प्लस टुको यात्रा रमाइलो भयो। भाषा विज्ञानमा रुचि राख्ने रुक्शाना स्नातक दोस्रो वर्ष अध्ययन गर्छिन्। विभिन्न सामाजिक अभियान लगायत नेवा मुभमेन्टमा सक्रिय उनी एक्टिभिस्टका रूपमा काम गर्छिन्। लैंगिक समानता र एलजिविटीका सवालमा पत्रपत्रिकामा लेख तथा ब्लग समेत लेख्छिन्। सहायम नेपालमा कार्यरत रुक्शाना अचेल युवापुस्ताको लैंगिकताको विषयमा काम गर्नमा व्यस्त छिन्। ‘विभिन्न बाधा र अवरोधका बाबजुत पनि यहाँसम्म पढ्दै छु, मलाई नेपालको टप भाषाविद् बन्न मन छ, पिएचडी गरेर नामको अगाडि डा. लेख्ने सपना छ,’ उनले भनिन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...