१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप खेल्न चाहन्थे डिभिलियर्स, तर टिममा किन पर्न सकेनन्?

काठमाडाैं– दक्षिण अफ्रिका लगातार ३ पराजय भोग्दै विश्वकपमा कमजाेर प्रदर्शन गरिरहेकाे छ। यस्तोमा अनुभवी ब्याट्सम्यान एभी डिभिलियर्सको चर्चा अन्तर्राष्ट्रिय मिडियामा चुलिएको छ।

त्यसो त डिभिलियर्सले २०१८ मा नै क्रिकेटबाट सन्यास लिएका थिए, यद्यपि विश्वकपका लागि उनी टिममा फर्कन चाहेको चर्चित क्रिकेट वेभसाइन इएसपीएनक्रिक इन्फो जनाएको छ। उक्त वेभसाइटका अनुसार डिभिलियर्सले विश्वकपका लागि खेलाडी छनोट हुँदै गर्दा व्यवस्थापनसँग आफू विश्वकपमा फर्किन चाहेको बताएका थिए। तर, व्यवस्थापनले भने उनको प्रस्ताव नकारेको थियो।

  ३५ वर्षे डिभिलियर्सले दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिस, कोच ओटिस गिब्सन तथा छनोट टिमका संयोजक लिंडा जोडींसँग सम्पर्क गरेका थिए। उनलाई टिममा फिर्ता नबोलाउनुको मुख्य २ कारण भएको बताइएको छ। पहिलो उनले सन्यास पछि विश्वकपमा छनोट हुनका लागि आवश्यक मापदण्ड पुरा गरेका थिएनन्। दोश्रो, उनलाई छनोट गर्दा टिममा परेका अन्य खेलाडीलाई अन्याय पर्ने भएकाले उनलाई टिममा फिर्ता नबोलाइएको बताइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App