२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मिनेन्द्र रिजालले औंल्याए बजेट पुस्तिकाको त्रुटी

काठमाडौं- नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले बजेट पुस्तिकाको अनुसुची २ मा त्रुटी भएको भन्दै अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद रिजालले बजेट व्यक्तव्यको बुँदा नम्बर २ सय ९५ मा कर प्राणालीमा संरचनात्मक परिर्वतन गरि भन्ने विषय अन्तर्गतका ख , घ र ङ मा उल्लेख भएका विषयसंग जोडिएको अनुसुची २ मा राजश्व संकलन जोडिनुपर्नेमा घटाउने काम भएको भन्दै त्रुटी सच्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। उनले भने “कर परिवर्तन तथा प्रशासनिक सुधारबाट ५५ अर्ब ५९ करोड रुपैया थप आउँछ भनि लेखिएको छ। बर्तमान स्रोतमा यो परिवर्तनबाट जोडिनुपर्ने हो। वर्तमान स्रोतबाट ११ खर्ब ६७ अर्ब जम्मा हुन्छ भन्नुहुन्छ। यसरी जोड्ने हो भने त्यो भन्दा अगाडिको कोलममा जोड्ने सट्टा घटाएर २०७६/ ७७ को लक्षमा ११ खर्ब १२ अर्ब राखिएको छ। नयाँ संरचना परिर्वतनबाट कर थपिने हो कि घट्ने हो?  नयाँ परिवर्तनबाट थपिने हो भने जोडिनु पर्थ्यो। कर परिर्वतन र प्रशासनिक सुधार वर्तमान स्रोतमा यो परिर्वतनबाट जोडिनुपर्ने हो।”

उनले बजेट पुस्तिकाको यो त्रुटी सामान्य त्रुटी नभएको जिकिर गरे। राजश्वको अनुमान ठिक नभएको अवस्थामा बजेटमाथिको छलफल गर्नु अध्याँरोमा कुरा गर्या जस्तो मात्रै हुने उनको तर्क थियो।

उनले भने “हामीले करका दर परिर्वतन गरेर राजश्व घटाउँदै छौ कि बढाउदै छौ ? अर्थमन्त्री ज्युबाट त्यो जानकारी आवश्यक छ । राजनीतिक भवितव्यको सन्त्रासमा बजेटका तालिकाहरु र अनुसूचीहरु पनि भवितव्यमा परेका छन् । भवितव्यमा नपरोस् । राजनीतिक सन्त्रास नलिने परिस्थिति बनोस्। ”

सांसद रिजालले सोमबारको बैठकमा आर्थिक बर्ष २०७६/७७ को राजश्व र व्ययको बार्षिक अनुमान अर्थात् बजेटमाथिको छलफल सुरु हुनु अगावै सभामुखसंग समय मागेर बोल्दै बजेट पुस्तिकामा भएको त्रुटी बारे ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित: २० जेष्ठ २०७६ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App