१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं– सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको बताए। 

ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए। बिदाका लागि मुस्लिम आयोगले समेत सिफारिस गरेको थियो। 

यस्तै, सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई पदबाट हटाउने निर्णय गरेकाे छ। 

प्रकाशित: १६ जेष्ठ २०७६ १०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App