१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा सर्पले डसेर वृद्धाको मृत्यु

उदयपुर– उदयपुरको कटारीमा सर्पको डसाईबाट शुक्रबार राति एक बृद्धाको मृत्यु भएको छ। विषालु सर्पको डसाईबाट कटारी नगरपालिका १ बेलसोतका ६५ वर्षीया सन्तमाया विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ ७ः०० बजेको समयमा आफनै घरको आँगनमा सर्पले डसेर गम्भीर घाइते बनेकीे विकलाई बेलसोतकै नेपाली सेनाको गणस्थित सर्पदंश उपचार केन्द्रमा पु-याइएको थियो। तर, त्यहाँ उपचार संभव नभएपछि अन्यत्र लान लाग्दा मृत्यु भएको छोरी बुद्धमायालाई उदृत गर्दै इलाका प्रहरी कार्यलय कटारीले जनाएको छ। उनका अनुसार गम्भीर घाइते आमालाई उपचार केन्द्रले अन्यत्र रेफर गरेपछि बाहिर लैजान लाग्दा सन्तमायाको मृत्यु भएको हो।

अघिल्लो वर्ष पनि कटारीको त्रिवेणी र आसपासको क्षेत्रमा सर्पको डसाईबाट ४ जनाले ज्यान गएको प्रहरी भनाइ छ। गर्मी र वर्षायाम सुरु भएसँगै कटारीको त्रिवेणी क्षेत्रमा बिषालु सर्पको बिगबिगी बढ्ने गरेको छ। कटारीसँगै उदयपुरको बेलका नगरपालिकामा अत्याधिक सर्पको बिगबिगी हुने गरेको छ भने चौदण्डीगढी नगरपालिकामा पनि विषालु सर्प पाइने गरेको छ। सदरमुकाम त्रियुगामा पनि सर्प दंशका घट्ना बाक्लै हुने गरेको छ।

सर्पको अत्याधिक बिगबिगी हुने बेलकामा डेढवर्षअघि नै नगरपालिकाले सर्पदशं उपचार केन्द्र खोलेर सेवा दिदै आएको छ । बेलकामा गएको एकवर्षमै ९७ जना सर्पदशंबाट घाइते भएर उपचार पाएका छन् भने एक युवतीको भने मृत्यु भएको छ। अर्को नगरपालिका चौदण्डीगढीको बेलटारमा  गतवर्षको अन्त्यतिर सर्पदंश उपचार केन्द्र स्थापना गरिएको छ। त्रियुगा ३ को भुल्केस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डामा ५ वर्षअघि नै उपचार केन्द्र खोलेर उपचार सेवा दिइँदै आएको छ।  
 

प्रकाशित: ११ जेष्ठ २०७६ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App