१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जहाँ फोटोले शासन गर्छ !

भारत–बिरामी भएर अस्पतालमा बसिरहेकी तमिलनाडुको मुख्यमन्त्री जयराम जयललिता अझै तमिलनाडु राज्यमा शासन गरिरहेकी छिन्, तर कसरी?
जयललिता २२ सेप्टेम्बरदेखि उपचारकालागि अस्पतालमा छिन् र उनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी चलिरहेका छन्। धेरैले उनलाई के भएको हो र उनको अवस्था अहिले के छ भन्ने कुराको पनि जानकारी छैन।

उनको पार्टी ‘एआईएडिएमके’ले हालै गरेको घोषणा अनुसार उनले आफ्नो सम्पूर्ण अधिकार ओपी पानिरसेभमलाई हस्तान्तरण गरेकी छिन्। तर जयललिता मुख्यमन्त्रीको रुपमा भने यथावत रहनेछिन्।
 

यस्तोमा मन्त्रिपरिषद्को बैठक कसरी बस्छ ?

उनीहरुले उपाय निकाले –जयललिताको फोटो ।  राज्य सरकारले हालै सार्वजनिक गरेको तस्बिरमा पानिरसेभमले मन्त्रिपरिषद्को बैठक सञ्चालन गरिरहेको देखिन्छ,अगाडि जयललिताको फोटो राखेर । पानिरसेभमले मन्त्रिपरिषद्को बैठकमा मात्र यस्तो गर्नेगरेका छैनन्, आफू संलग्न हरेक बैठकमा जयललिताको फोटो राखेर बैठक सञ्चालन गर्ने गरेका छन् ।

पानिरसेभमले जयललिता भ्रष्टाचार मुद्दामा जेल गएका बेला दुई पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् तर उनले कहिलैपनि जयललिताको साटो आफू मुख्यमन्त्री बन्दा खुशी महसुस गर्ने गरेका छैनन् ।  

पानिरसेभमले आफू कहिलैपनि उनको कुर्सीमा नबस्ने बताउँदै आएका छन् । तर फोटो अगाडि राखेर बैठकको अध्यक्षता गर्ने सम्भवतः संसारकै पहिलो प्रयोग हो ।
‘जे काम गर्दा पनि उहाँको अनुपस्थिति नखटियोस् भनेर हामीले फोटो राखेर बैठक सञ्चालन गर्दै आएका हौं । उहाँको फोटो राख्नु गलत हो जस्तो लाग्दैन । आखिर उहाँ मुख्य मन्त्री हो,’ पार्टी प्रवक्ता सरस्वतीले भने। कमेडियन तथा अभिनेता टिएम कार्तिकले फोटो प्रकरण जयललिताको  अवस्थालाई लिएर चिन्तित भएकाका लागि  ठिक भएको सन्देश दिन आएको हुन सक्ने बताउँछन्।

‘तर पार्टीले आगामी दिनमा उनले अभिनय गरेका चर्चित फिल्मका तस्बिर शुक्रबार पिच्छे सार्वजनिक गर्न बेर लाग्दैन,’ कार्तिक भन्छन्, ‘ उनीहरुले मुख्यमन्त्री तस्बिर किन राखेका छन् ? सम्भवतः लाखौं शब्दको भाव एउटै तस्बिरले बोल्छ । वा जयललिता आफैं उपस्थिति हुँदा जति गर्थिन् त्यो भन्दा बढी काम गर्छ ।’ तर सबैका लागि यो रमाइलो विषय भने हैन।

‘चाकडीको पराकाष्टा हो यो । मैंले न त कहिलै यस्तो देखेको छु न सुनेको छु,’ राजनीतिक विश्लेषक जि सत्यमूर्तिले भने, ‘जे देखिएको छ यसले के देखाउँछ भने राज्य संविधानले हैन ‘अम्मा’ले चलाएकी छिन् ।’ तमिलनाडुको प्रतिपक्षी पार्टी डिएमकेले सरकारको रवैयाले राज्यभन्दा एउटा व्यक्ति महत्वपूर्ण भएको र त्यो हाँस्यास्पद भएको प्रतिक्रिया दिएको छ । पार्टी प्रवक्ता मनुराज शानमुघमले भने ,‘यसले राजनीतिको आत्मसम्मान गुमेको अनुभूति भएको छ र सरकारको यस्तो चालले संविधानको समेत धज्जी उडाएको छ ।’

 

प्रकाशित: १० कार्तिक २०७३ ०४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App