१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित फेरि पक्राउ परे युनुस अन्सारी

काठमाडाैँ - करोडौँ नक्कली भारतीय रूपैयाँसहित युनुस अन्सारी सहित चार जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। भन्सार जाँच गर्ने क्रममा उक्त रकम फेला परेको थियो।

विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले नक्कली नोट बरामद भएको पुष्टि गरेका छन्। त्यस्तै विमानस्थलका प्रहरी प्रमुख एसएसपी सन्दिप भण्डारीका अनुसार नाेटसहित पक्राउ पर्नेमा युनुस अन्सारी, नसरुद्दिन अन्सारीसहित ४ जना रहेका छन्। पाकिस्तान हुँदै चार वटा सुटकेशमा ल्याएको नक्कली भारतीय रूपैयाँ विमानस्थल प्रहरीले बरामद गरेको हो। पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट सो नक्कली भारु काठमाडौं आएको विमानस्थल प्रहरीले जनाएकाे छ।

युनुस उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका थिए। प्रहरीका अनुसार भारू सात कराेड ६७ लाख ९४ हजार बरामद गरिएकाे हाे। विमानस्थल प्रहरी स्रोतका अनुसार कतार एयरवेजमार्फत उनीहरु काठमाडौं आएका थिए। यस अघि प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो।

पूर्व मन्त्री सलीममिया अन्सारीका छोरासमेत रहेका उनी नेशनल टेलिभिजनका सञ्चालक रहेका थिए। उनी जेल परेपश्चात टेलिभिजन बन्द भएको थियो। अन्सारीमाथि सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामै रहेका बेला भारतीय नागरिक जसजीत सिंहले गोली प्रहारसमेत गरेका थिए ।

प्रकाशित: १० जेष्ठ २०७६ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App